सादा पोषाकमा खटिएका प्रहरी हौं भन्दै अबैध गतिविधि गर्ने बाँगी र भुमिकास्थानका दुई युवक पक्राउ

| २०७९ मंसिर २३ गते १७: ५९ मा प्रकाशित

कमला घिमिरे,सन्धिखर्क।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -१ को नयाँ बस पार्क बाट हामी नेपाल प्रहरीका सादा पोषाकमा खटिएका प्रहरी हौं” भन्दै मादक पदार्थ समेत सेवन गरी  बसपार्क वरपरका होटल तथा पसल हरुमा चेकजाच गर्ने ,स्थानिय व्यक्तीहरुलाई डर त्रासमा पारी गाली गलौज तथा अभद्र व्यबहार गर्ने भुमिकास्थान र मालारानीका दुई युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला को भुमिकास्थान नगरपालीका वडा नं -६  खिल्जी बस्ने ३५ बर्षिय बाबुराम पौडेल र मालारानी गाउँपालिका को वडा नम्बर ५ बाँगी बस्ने २० बर्षिया दिपक केसी रहेका छन्। 

प्रहरीले बिशेष सुचनाको आधारमा उक्त ब्याक्तिहरुलाई नियन्त्रणमा लिई  सोधपुछ गर्दा उल्टै प्रहरी समक्ष अभद्र ब्यबहार गरेकोले निजहरुलई मिती २०७९ /०८/ २२ गते तत्काल जरुरी पक्राउ पुर्जी दिई  पक्राउ गरि आज मिती २०७९/०८/२३ गते जिल्ला प्रशासन कार्यालय अर्घाखाँची बाट पाँच दिनको को म्याद  थप गरी अनुसन्धान कार्य थप अगाडी बढाईएको प्रहरी स्रोत ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्