सन्धिखर्कको गुंटे खोलामा कु'कु'रले खाँदै गरेको अवस्थामा नवजात बालक शिशुको शव फेला

| २०७९ पौष ३ गते १५: ०१ मा प्रकाशित

बिरेन्द्र बस्नेत  ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को गुंटे खोला नजिकै एक नवजात शिशु कुकुरले खादै गरेको अवस्थामा भेटिएको छ। 

गुंटेखोला को बिस्भिल्ला सिरक डाेसेना उधोगको तल पट्टि उक्त नवजात बालक शिशुको शव फेला परेको स्थानीयले अर्घाखाँचीबुलेटिनलाई जानकारी दिएका छन्। कुकुरले नवजात बालक शिशुको शवलाई खाँदै गरेको अवस्थामा स्थानीयहरुले देखे पछि तुरुन्तै प्रहरी लाई खबर गरेका थिए। 

 नवजात बालक शिशुलाई कसले गुंटे खोला मा फाल्यो भन्ने बिषयमा प्रहरीले घटनाको थप अनुसन्धान गरीरहेको खबर प्राप्तभएको छ।

घटनाको बृस्तृत जानकारी आउँन बाँकी रहेको छ। 

 

प्रतिक्रिया दिनुहोस्