निजामती कमर्चारीहरुको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीद्वारा विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

| २०७९ पौष ३ गते १५: ४३ मा प्रकाशित

अम्बिका बेल्बासे ,सन्धिखर्क। निजामती कमर्चारीहरुको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीले विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।

 डिभिजन वन कार्यालय, अर्घाखाँचीमा सहायक वन अधिकृत पदमा कार्यरत शिला पोखरेलको विदाई गरेको हो । उहाँ पूर्ण छात्रावृत्तिमा अमेरिकाको North Carolina State University मा वन विज्ञानमा स्नातकोत्तर अध्ययनको लागि जिल्ला छोड्न लाग्नु भएको हो ।  

कार्यक्रममा उपस्थित सबैले उहाँलाई अमेरिका सम्मको सुखद यात्राका साथै उच्च प्रगतिको कामना सहित विदाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्