अर्घाखाँचीमा शिक्षकबाट १५ वर्षिय छात्रा माथि याै'न दु'र्व्य'वहा'र

| २०७९ पौष १७ गते १६: ५२ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। आदर्श माध्यमिक विद्यालय खाँचीकोटमा अध्यापन गराउने एक शिक्षकद्वारा आफ्नै बिद्यालयमा अध्ययनरत १५ वर्षीय छात्रा विद्यार्थीलाई दुर्व्यवहार गरेको भनि सामाजिक संजालमा सार्वजनिक भएको छ ।

पौष १२ गते मङ्गलबार बिहान १० बजे विद्यालयको शैक्षिक भ्रमण तथा पिकनिक कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका कक्षा ६ देखी १० सम्मका ४०/४५ जना विद्यार्थिहरु पाणिनी गाउँपालिका दुर्गाफाँटमा पुगे । भ्रमण तथा पिकनिक कार्यक्रम सकेपछि उनीहरु घर फर्किन त्यहाँबाट हिडे । शिक्षकसँगै बसेकी छात्रालाई मौका छोपि ती छात्रा बिद्यार्थीको शरिरमा हात सलवलाउन थाले । उनले सरको छुने तरिका खराव भएको महशुस गरेपछि उनले प्रतिकार गरिन् तर उनी केही बोलेनन् ।शिक्षकले पुनः त्यहि हर्कत दोहोराएर अनामिकाको संवेदनशील अंगहरु छुन खोजे ।

त्यसपछि अनामिकाले प्रतिकार गरिन् र अन्य शिक्षिकाहरुलाई बताईन शिक्षिकाहरुले केहि होईन सामान्य रुपमा लिन भने । उनलाई गरेको दुर्व्यवहार अन्य विद्यार्थीले समेत देखेको भनेपछि त्यसबारे अर्को दिन बैठक बसेर सल्लाह हुने भनि सबै आ–आफ्नो घर तर्फ लागे ।

प्राप्त जानकारी अनुसार उक्त घटना ढाकछोप गर्न खोजिएको पीडित पक्षको दाबी रहेको छ । यता सन्धिखर्क नगरपालिकाको महिला तथा बालबालिका शाखा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले भने घटनाबारे कुनै जानकारी तथा उजुरी नआएको बताएका छन् । घटनाबारे हामी दुबै पक्षलाइ राखेर बुझिरहेका छौ आवश्यक कानुनी प्रक्रियामा जान्छौ प्रधानाध्यापक डिल्लिराज थापाले  जानकारी गराएका छन् ।

पीडित भनिएकी विद्यार्थिसंगै अन्य विद्यार्थीहरुलाई समेत त्यस्तै खालको ब्यवहार गर्ने गरेको सोहि विद्यालयमा अध्ययनरत एक छात्रा बताउछिन् । उता शिक्षक भने आफुले त्यस्तो नगरेको बताउदै आरोप अस्विकार गर्छन् ।

शिक्षक र विद्यार्थीबीच निकट सम्बन्ध हुन्छ । विद्यार्थीले घरपछि धेरै समय विद्यालयमा बिताउँछन् । शिक्षकप्रति उच्च सम्मान र विश्वास हुन्छ । तर तिनै शिक्षकबाट नै मैले जे गरे पनि बोल्न सक्दैन भन्ने नियत राखेर दुर्व्यवहार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्