अर्घाखाँचीको जो'गि'मा'रेमा ढुंगाले लागेर एक जनाको मृ'त्यु

| २०७९ पौष २१ गते १९: १८ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँचीमा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ जोगिमारेका ६२ बर्षिय ओम प्रकाश थापाको काम गर्ने क्रममा उछिट्टिएको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

थपालाइ मालारानी गाउपालिका २ मा झोलुङ्गे पुलको काम गर्ने क्रममा ढुङ्गा उछिट्टिएर टाउकोमा चोट लागेको थियो । चोट लागे पछि घाइते भएका थापाको उपचारका क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्