सन्धिखर्कमा ४ मा जेष्ठ नागरिक तथा अपांग सम्मान कार्यक्रम सम्पन्न

| २०७९ पौष २२ गते २०: १८ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। जेष्ठ नागरिक तथा अपांग सम्मान कार्यक्रम सम्पन्न  सन्धिखर्क ४ मा सम्पन्न भएकाे छ। जसमा ८० वर्ष माथिका जेष्ठ नागरिक तथा अपांगता भएका क,ख र घ वर्ग का सबै गरि ११५ जना लाई फुलमाला टीका,करुवा र आतेजाते भाडा सहित सम्मान गरिएको वडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयकाेछ।

उक्त कार्यक्रम मा सधिखर्क  नगरपालिका का वडा न ४ का अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता,वडा सदस्य चाेपनारायण श्रेष्ठको स्वागत मन्त्व्य र वडा सचिव लक्ष्मण आचार्य काे सञ्चालनमा सम्पन्न भएकाे थियो भने कार्यक्रम मा नगरपालिका का सदस्य मानबहादुर सुनार,सीता बस्नेत वडा सदस्य  शेरबहादुर खत्रि,कमला दर्जि,नेपाल पत्रकार महा सघंका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य ,समाजसेवी व्याक्तित्व मुक्ति राम भण्डारी , शिक्षक नेत्रप्रसाद खनाल काे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्