पाँचौं अर्घाखाँची महोत्सव भव्यताका साथ् उद्घाटन गरिने: उच्च अदालतमा रिट हाल्ने उजुरीकर्ता सँग भयो सहमति

| २०७९ माघ ९ गते १९: ३५ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँचीमा पाँचौं महोत्सव एवं कृषि, पर्यटन तथा औधोगीक प्रदर्शनी माघ ११ गते देखी सुरु हुने भएको छ। 

सन्धिखर्क १ को कुंडूले फाँटमा हुन् लागेको महोत्सव एवं कृषि, पर्यटन तथा औधोगीक प्रदर्शनी लाई लिएर पत्रकार बिनोद गैरे ले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट पेश गरेका थिए। 

तर आज उधोग बाणिज्य संघ अर्घाखाँची र नेपाल चेम्बर अफ कमर्स अर्घाखाँचीका प्रतिनिधिहरु बीच भएको छलफल पछि पाचौं अर्घखाँची महोत्सव एवं कृषि, पर्यटन तथा औधोगीक प्रदर्शनी हरेक दिन दिउँसो १ बजे देखि हुने गरि सहमति भएको बुझिएको छ।

माघ ११ गतेदेखि माघ २३ गतेसम्म सन्धिखर्कको कुडुलेफाँटमा महोत्सव लाग्ने आयोजक ले जनाएको छ।  

हेर्नुहोस सहमति पत्र 

सहमति पत्र 

 

प्रतिक्रिया दिनुहोस्