तरकारी तथा आलू खेती प्रविधि सम्बन्धि २ दिने तालिम सम्पन्न

| २०७९ फागुन १७ गते १५: ०५ मा प्रकाशित

प्रेमनारायाण आचार्य,सन्धिखर्क।अर्घाखाँचीकाे सन्धिखर्क वडा नम्बर ५ र ६ मा तरकारी तथा आलू खेती प्रविधि सम्बन्धि घुम्ती स्थलगत २ दिने तालिम सम्पन्न भएको छ । 

सन्धिखर्क ५ वांगलाकाे वडा कार्यालय र ६ नरपानीकाे जाैडीमा तालिम सम्पन्न भएको हाे । 

२५ जनाकाे सहभागीता रहेको तालिममा सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई, कृषि प्राविधिक सरिता घिमिरे, सरिता गैरे लगायतले प्रशिक्षण दिनु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्