सन्धिखर्कका ३ सय बढी कुकुरको बन्ध्याकरण

| २०७९ फागुन १७ गते १५: ५० मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क ।  सन्धिखर्क नगरपालिकाले छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण गरेको छ।

युथ फर इन्भारामेन्ट एन्ड सोसियल ट्रान्स्टोमेसन (YEAST) को आयोजना, पायनस एनिमल हस्पिटलको प्राविधिक सहयोग र सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो । 

बिहान, बेलुकाको समयमा मानिस आवातजावत गर्दा कुकुरले टोक्ने तथा बिहान विद्यालय जाने विद्यार्थीलाई टोक्ने, लखेट्ने समस्या बढ्न थालेपछि नगरले कुकुर नियन्त्रण अभियान थालेको हो। सन्धिखर्कमा रहेका घरपालुवा तथा छाडा कुकुर गरी ३ सय बढी कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ।

बजार तथा ग्रामीण क्षेत्रमा भएका कुकुरले मानिस तथा अन्य घरपालुवा जनावर पशुपक्षीमा आक्रमण गर्ने, झम्टिने, अराजक स्वभाव देखाउने गर्दा मानिसमा त्रास बढेको र रेबिजको जोखिम बढेकाले कुकुर नियन्त्रण गर्न स्थायी बन्ध्याकरण शिविर चलाइएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

घरपालुवा तथा भुस्याहा कुकुरमा स्थायी बन्ध्याकरण तथा रेविज भ्याक्सिनेसन दोस्रो चरणको ३ दिने शिविर सन्धिखर्कमा सम्पन्न भएको हो। दुइ पटक सम्म सञ्चालन भएका  शिविरमा तीन सयभन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको  नगरपालिकाकानगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले बताउनु भयो । 
गत कात्तिकमा नगरपालिकाले २०८ वटा कुकुरमा स्थायी बन्ध्याकरण गरी रेबिज खोप लगाईको नगरपालिकाका पशु सेवा शाखा प्रमुख नारायण खनालले बताए। 

प्रदिप भुसालको संयोजकत्वमा भएको शिविरमा पशु चिकित्सक डाक्टर सन्दिप भट्टराई, डाक्टर अविनास क्षेत्री लगायको टिमले कुकरको बन्ध्याकरण गरेको हो।

कार्यक्रमको उद्धाटन समारोहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज गौतम, वडा अध्यक्ष हरु पशु सेवा शाखका प्राविधिकहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्