वार्डले गर्यो शिक्षकलाई सम्मान र विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम (तस्विर सहित)

| २०७९ फागुन १७ गते १७: ०३ मा प्रकाशित

अम्बिका बेल्वासे श्रेष्ठ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वार्ड नं. ०१ ले एक विद्यालय एक उत्कृष्ट शिक्षक प्रोत्साहन तथा सम्मान कार्यक्रम आज सम्पन्न  गरेको छ ।शिक्षकलाई सम्मान र विद्यार्थीहरु बीच सम्पन्न हाजिरी जवाफ (१-५) र निबन्ध लेखन (६-८) तथा वक्त्तृत्वकला (९-१०) प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण एक कार्यक्रमका बीच सम्पन्न गरेको हो ।

उत्कृष्ट शिक्षक प्रोत्साहन तथा सम्मान कार्यक्रम 

सन्धिखर्क नगरपालिका वार्ड नं. ०१ का सामुदायिक विद्यालयहरुमा गुणस्तर सुधार तथा बृद्धी गर्ने उद्देश्यले शिक्षक तथा विद्यार्थीहरुको प्रोत्साहन गर्ने यो कार्यक्रमको उद्देश्य हो ।

उत्कृष्ट शिक्षक प्रोत्साहन तथा सम्मान कार्यक्रम अन्तर्गत शिक्षकलाई सम्मान र विद्यार्थीहरु बीच सम्पन्न 

उक्त कार्यक्रम अन्तर्गत एक विद्यालय एक शिक्षक सम्मान कार्यक्रम र विद्यालयका सबै तहा विद्यार्थीहरु बीच विभिन्न प्रतियोगिता संचालन गरिएको थियो । जस अन्तर्गत हाजिरी जवाफ कक्षा १-५, निबन्ध लेखन कक्षा ६-८ र  वक्त्तृत्वकला प्रतियोगिताका कक्षा ९-१० का विद्यार्थीहरु बीच सम्मपन्न गरिएको थियो ।

उपमेयर मिश्रा आचार्य 

सो कार्यक्रमको लागि युवा वर्ष जनता रवी चित्रका प्राचार्य टेकराज आचार्यको संयोजकत्वमा शैक्षिक गुणस्तर समिति गठन गरिएको थियो । 

एक विद्यालय एक शिक्षक सम्मान कार्यक्रम र विद्यालयका सबै तहा विद्यार्थीहरु बीच विभिन्न प्रतियोगिता संचालन गरिएको थियो 

शैक्षिक गुणस्तर समितिले विभिन्न सूचकमा आधारित रहेर वार्डमा रहेका ७ विद्यालयका ७ जना शिक्षकलाई सम्मान गरेको थियो ।

उत्कृष्ट शिक्षक प्रोत्साहन तथा सम्मान कार्यक्रम अन्तर्गत शिक्षकलाई सम्मान र विद्यार्थीहरु बीच सम्पन्न 

जसमा कमल जोशी युवा वर्ष जनता रवी चित्र मावि, विष्णु प्रसाद पराजुली पार्वती मा.वी, यमकला भुसाल समाजकल्याण मा.वी, सरस्वती पराजुली तुम्कोट मा.वी, कमला भुसाल निर्मल नवज्योती सुस्त मनस्थिति, सुमन्त पोखरेल पाणिनी वेदआश्राम र अम्बिका वि.सी. बालमन्दिर का शिक्षकहरुको सम्मान गरेको हो ।

कार्यक्रम वार्ड अध्यक्ष माधव श्रेष्ठ को अध्यक्षता ,वार्ड सदस्य बाबुराम पन्थि को स्वागत मन्तब्य र सचिव सिता बि सी पराजुलिको सन्चालन मा सम्पन्न भएको हो ।

उत्कृष्ट शिक्षक प्रोत्साहन तथा सम्मान कार्यक्रम 
उत्कृष्ट शिक्षक प्रोत्साहन तथा सम्मान कार्यक्रम 

 

 

 

प्रतिक्रिया दिनुहोस्