निर्वाचन लोकतन्त्रको अभिन्न पक्ष हो,लोकतन्त्रलाई जिवन्त राख्न चुनाव विश्वस्निय हुनुपर्छ: प्र.जि.अ.अर्याल

| २०७९ फागुन १७ गते २३: २१ मा प्रकाशित

गोपालप्रसाद भट्टराई 
फागुन-१७,अर्घाखाँची ।प्रमुख जिल्ला अधिकारी मिना अर्यालले निर्वाचनलाई निष्पक्ष र धादलिरहित बनाउन मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

जिल्ला निर्बाचन कार्यालय अर्घाखाँचीद्वारा बुधबार सन्धिखर्कमा आयोजित मतदाता नामावली अध्याबधिक कार्यक्रम २०७९ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

निर्वाचन घोषणा भैसकेपछी हतारमा गरिने नाम दर्ता र अद्यावधिकले नामावलीमा त्रुटि हुने भन्दै प्रमुख जिल्ला अधिकारी अर्यालले निर्वाचन सकिएपछि अर्को चुनाव घोषणा नहुन्जेल सम्मको अवधिलाई मतदाता अद्यावधिकमा भरपुर उपयोग गर्न सरोकारवालालाई  आग्रह गर्नुभएको छ ।

निर्वाचन लोकतन्त्रको अभिन्न पक्ष भएको ब्रीफिङ्ग गर्दै लोकतन्त्रलाई जिवन्त राख्न निर्वाचन विश्वस्निय हुनुपर्ने प्रमुख जिल्ला अधिकारी अर्यालको जिकिर छ ।
जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि,सुरक्षा निकायका प्रमुख,स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत,पत्रकार र सरोकारवालाको उपस्थितिमा सम्पन्न 
कार्यक्रममा निमित्त जिल्ला निर्वाचन कार्यालय प्रमुख रबि अर्यालले कार्यक्रममा सहजीकरण गर्नुभएको थियोे ।

अहिले घरमै बसेर अनलाइन फारम भरी फोटो खिच्न र हस्ताक्षर गर्न मात्रै कार्यालय आए हुनेगरि सेवा बिस्तार भएको जानकारी गराउदै निमित्त जिल्ला निर्वाचन कार्यालय प्रमुख अर्यालले अनलाइन सुविधाको अधिकतम सदुपयोग गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार अहिले निर्वाचन कार्यालयमा  नयाँ मतदाता नामावली दर्ता,त्रुटी सच्याउने,नामसारी गर्ने,दाबिबिरोध गर्ने जस्ता सेवा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्