नेविसंघ र तरुणदलको पहलमा दिप प्रज्वलन कार्यक्रम शान्ति बगैंचामा सम्पन्न (भिडियो सहित)

| २०७९ फागुन २५ गते २२: ०० मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची ।नेविसंघ र तरुणदलको पहलमा दिप प्रज्वलन कार्यक्रम शान्ति बगैंचामा सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए सगै पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै नेविसंघ र तरुण दल अर्घाखाँचीको पहलमा सन्धिखर्क शान्ति बगैचामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम प्रमुख अध्यक्षता नेपाली काङ्ग्रेस जिल्ला सभापति केशव श्रेष्ठ , बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस प्रदेश सदस्य शान्ता भन्डारी, तरुणदल अध्यक्ष नारायण खडका,पाटी सचिव कृष्ण खनाल नेविसंघ नेता, भरतमणि भट्टराई वडा अध्यक्ष माधव श्रेष्ठ , महिला संघ सचीव रुपा कडेल ,तरुण दल सदस्य छमा कार्की, कृष्ण भुसाल लगायतको उपस्थित मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित हुँदा पौडेलले १० दलको ३२ हजार ८०२ मतभार रहेको थियो भने नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले एक दलको मात्र १५ हजार ५१८ मत मात्रै पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्