सन्धिखर्क नगरपालिकाद्वारा आयोजित भु-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७९ चैत ९ गते १६: १५ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची
 चैत्र ९ - सन्धिखर्क नगरपालिकाद्वारा आयोजित भु-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

सन्धिखर्क नगरपालिकाको भु उपयोग क्षेत्र वर्गीकरण सम्बन्धमा रायशुझाब संकलनका लागी आयोजित बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ भु उपयोग एन २०७६ अनुसार भु उपयोग क्षेत्रको वर्गीकरण गरिएको छ,  बर्गिकृत १० क्षेत्र अन्तरगत  कृषि क्षेत्र ,आबासिय क्षेत्र ,ब्याबसायिक क्षेत्र ,औद्योगिक क्षेत्र ,खनिज तथा खानी क्षेत्र ,बन क्षेत्र ,नदिखोला ताल सिमसार क्षेत्र ,सार्बजनिक उपयोगको क्षेत्र ,सास्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र ,तथा आबस्यकता अनुसारको अन्य क्षेत्रहरु रहेका छ्न ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिले  नियमावली  एनका आधारमा  स्थानीय स्तरका टोलटोल तथा वडा स्तरमा पुगि रायसल्लाह र सुझाव संकलन गरेको थियोे  भाद्र महिना देखि कार्य प्रारम्भ गरेको समितिले हाल सम्म  ४१ वटा बैठक सम्पन्न गरि  ११० सलाइट्मा तयार गरिएको प्रतिबेदन प्रस्तुत गरिएको छ ।
 
जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा शुरु कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्य , पुर्ब नगरप्रमुख कमल प्रसाद भुसाल  , पुर्ब उपप्रमुख ठाकुर कुमार बिक , प्रमुख जिल्ला अधिकारी मिना अर्याल , वडा अध्यक्षहरु पुर्बवडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु , स्थानीय राजनैतिकदलका प्रमुख तथा प्रतिनिधिहरु  जिल्ला मालपोत कार्यालय , डिभिजन बन कार्यालय अर्घाखाँची ,जिल्ला नापी कार्यालय अर्घाखाँचीका  प्रमुख तथा प्रतिनिधिहरु , अर्घाखाँची उधोग  बाणिज्य संघका अध्यक्ष , सन्धिखर्क नगरपालिकाका बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु , नेपाल पत्रकार महासंघका अध्यक्ष लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

 भु-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रम

कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता राजस्वशाखा प्रमुख अधिकृत मुक्ति खनालको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्