कल्पना भट्टराई ,सन्धिखर्क।गाैतम आधारभुत विद्यालय सन्धिखर्क ८ आँपखोलाकाे ४२ औं वार्षिक उत्सव, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मणिराम पराजुली, सन्धिखर्क नगरपालिका कार्यपालिका सदस्य लिला भुसाल लगायतले मन्तब्य राख्दै सामुदायिक विद्यालयकाे गुणस्तर सुधार गर्न सबै लाग्नु पर्ने धारणा ब्यक्त गरेका थिए ।
समाजसेवी ब्यक्तित्व कृष्णकला भुसालले स्वर्गीय पति ऋषिराम भुसाल र छाेरा विष्णुप्रसाद भुसालको स्मृतिमा विद्यार्थीलाई पाेषाक वितरण गर्नुभएको थियो । अक्षयकोषबाट अक्षयकोष दाता धनबहादुर खत्रीले छात्रवृत्ति वितरण गर्नुभयो । विद्यालयका पुर्व प्रधनाध्यापक तथा पुर्व व्यवस्थापन समितिका अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
विद्यालयकाे बार्षिक प्रतिवेदन प्रधनाध्यापक झविन्द्र भट्टराईले प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर थापाकाे अध्यक्षता, शिक्षक कल्पना भट्टराईको स्वागत मन्तब्य र हर्कबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको हाे ।
प्रतिक्रिया दिनुहोस्