सुपादेउराली मन्दिर नजिकैको भिर बाट ढुङ्गो खसेर लाग्दा एक महिलाको घटना स्थलमै मृ'त्यु

| २०८० बैशाख २० गते १४: ३५ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची।
बैशाख २०-  सुपादेउराली मन्दिर देखि  करिव १०० मिटर पर सन्धिखर्क तर्फ जाने  बाटोमा रहेको भिर बाट ढुङ्गो खसेर लाग्दा एक जना महिलाको घटना स्थलमै मृ'त्यु भएको छ। 

प्राप्त खबर अनुसार सुपादेउराली मन्दिर नजिकै व्यवसायी गरेर बस्ने ३ जना महिलाहरु एकै ठाउँ बसेर गफगाफ गर्दै गरेको र सोहि समयमा माथि बाट ढुङ्गो एक्कासि खसेको देखेपछि २ जना महिला भागेर सकुशल बच्न सफल भएका तर १ जना महिलालाई भने ढुङ्गोले लाग्दा घटना स्थलमै मृ'त्यु हुन् पुगेको प्रत्यक्ष दर्शिको भनाई रहेको छ। 

घटनाको थप विवरण आउँन बाँकी रहेको छ। यो घटना करिब आधा घण्टा अघाडीको हो। 

प्रतिक्रिया दिनुहोस्