सुर्यज्योती लाइफ इन्स्योरेन्स अर्घाखाँचीद्वारा मृत्यु दाबी भुक्तानी

| २०८० बैशाख २१ गते ०१: ५५ मा प्रकाशित

अर्घाखाँची । सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले अर्घाखाँचीमा एक कार्यक्रमको आयोजना गरि मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले  अर्घाखाँची जिल्ला छत्रदेब गाउँपालिका वडा नं ०४ निवासी जानकी नेपाली सार्किकोे परिवारलाई २ लाख ६० हजार रुपैंयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

 क्षेत्रीय प्रमुख बिकास अधिकारीले मृतकको बुहारी लक्ष्मी नेपालीलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । जानकिले साबिक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सावधिक जीवन बीमा गरेकी थिइन। मृत्यु दाबी भुक्तानी बापत आएको केहि रकमबाट लक्ष्मीले आफ्नो भविष्यको लागि बचत समेत गरेकी छिन् ।

 चेक ग्रहण गर्दै लक्ष्मीले समयमा नै सबैले जीवन बीमा गर्नुपर्ने भन्दै जीवन बीमाले भोलीका दिनहरुमा आर्थिक सहायता प्रदान गर्ने बताइन ।

प्रतिक्रिया दिनुहोस्