सन्धिखर्क नगरपालिकामा ६ वटा घर पूर्ण रुपमा जलेर नष्ट

| २०८० बैशाख २६ गते १८: ४९ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। अर्घाखाँचीमा भिषण आगलागी भएको छ । मंगलबार जिल्लाको सन्धिखर्क नगरपालिका वडा न.१ र ४ मा भिषण आगलागी भएको हो ।

हालसम्म ६ वटा घर पूर्ण रुपमा जलेर नष्ट भैसकेको छ ।

आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको हो । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित शुरक्षा निकाय,सन्धिखर्क नगरपालिकाका नगरप्रमुख पुगिसकको छन् ।

क्षतिको विवरण आउँन बाँकाी छ। आगालागी कारण खुल्न सकेको छैन । हालसम्म मानविय क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्