अर्घामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, ३१० जनाको स्वास्थ्य परीक्षण

| २०८० जेठ १४ गते १३: ०८ मा प्रकाशित

श्याम घिमिरे,
जेठ १४ अर्घाखाँची- सन्धिखर्क नगरपालिका, डिभर्ना आयुर्वेद औषधालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका वडानं ९ अर्घामा सनिवार एकदिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिबिरमा हाडजोर्नी दुख्ने,बाथ रोग भएका ,स्त्री रोग संगै सामान्य पेट सम्बन्धी समस्या भएका ३१० जनाको स्वास्थ्य परीक्षण गरीएको डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदारले बताउनुभयो । शिबिरमा परीक्षणसंगै आयुर्वेदिक औषधी समेत निशुल्क बितरण गरीएको हो ।

यस अघि सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले एक कार्यक्रमका बिच शिबिरको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दे नगरप्रमुख श्रेष्ठले व्यक्तिको ठुलो सम्पति भनेको उसको स्वास्थ्य भएकोले आफ्नो शरीरलाई सधै स्वथ्य मस्त र व्यस्त राख्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले आयुर्वेदिक चिकित्सा प्रणाली अपनाउन सकेमा जिवन जिउन सहजहुने भन्दै शिबिरबाट भरपुर फाईदा लिन स्थानियहरुलाई आग्रह समेत गर्नुभएको थियो ।

सन्धिखर्क ९ नम्बर वडाअध्यक्ष पदम बहादुर भुसालको अध्यक्षता, डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदारको स्वागत मनतव्य र वैध टेकनाथ भुसालको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, नगरपालीका सामाजिक बिकास समितिका संयोजक एवं १२ नम्बर वडाअध्यक्ष नारायण खड्का,सन्धिखर्क नगरपालीका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, अर्घा रजस्थल माबिका प्रअ निरज भट्टराई, कार्यपालिका सदस्य सुरज विक लगायतले शिबिर सफलताको शुभकामना मनतब्य राख्नुभएको थियो ।

शिबिरमा आयुर्वेद चिकित्सक डा. आशिष चौधरी, अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख कमल प्रसाद आचार्य र डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदारले स्थानियको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्