अर्घाखाँचीमा छात्रालाइ दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक धरौटीमा छुटे

| २०८१ जेठ २९ गते १५: ४८ मा प्रकाशित

अर्घाखाँचीबुलेटिन संवाददाता। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको श्री जनज्योति माध्यमिक बिद्यालयका शिक्षक १ लाख धरौटीमा छुटेका छन ।

यहि जेष्ठ १३ गते बिहानको समयमा परिक्षा दिन आएकी छात्रामाथी शिक्षकले यौनजन्य दुर्व्यवहार गरेको भन्दै  छात्राका अभिभावकले  प्रहरीमा जाहेरी दिएका थिए ।

पिडित भनिएकी छात्राका अनुसार शिक्षकले प्रश्नपत्र पहिलानै दिएर पास गराइदिन्छु एक दिन आफू सङ्ग बस्नु पर्छ भनेको र शरीरका संबेदनसिल स्थानमा हात लगेको आरोप लगाएकी छिन ।

 शिक्षकले  यौनजन्य दुर्व्यवहार गरेको बिषय बाहिरिएपछी अभिभावक ,बिद्यार्थी र अन्य शिक्षकहरुमा संका ,अबिश्वास बढेको छ । आरोपित शिक्षक धरौटीमा छुटेपछि पिडित भनिएकी छात्रा र उनको परिवार न्याय नपाइने होकि भन्ने संका गर्न थालेका छन । छात्राको परिवारले यदि जिल्ला अदालतबाट न्याय नपाएमा त्यसपछिको बिकल्प खोज्ने बताएका छन ।

धरौटी भनेको केहो ?

कानुनी राज्यको सिद्धान्त अनुसार कुनै पनि राष्ट्रमा कानुन सबै नागरिकलाई समान व्यवहार गर्ने एउटा नजीर वा ब्यबस्था हो । जसअनुसार बिश्वको सबै राष्ट्रहरूमा कुनै पनि ब्यक्तीलाई अपराधको आरोपमा आरोपित माथि मुद्दा चलाउनको लागि थानाबाट निकाल्नको लागि आरोपित ब्यक्ती नभागोस र न्यायालयले बोलाइएको समयमा अदालतमा उपस्थित भई कानुनलाई सहयोग गरोस भनेर न्यायालयमा जुन सम्पत्ति बुझाइन्छ भने त्यसलाई जमानत वा धरौटी रकम भनिन्छ।

जमानत वा धरौटी बुझाउने भनेको मुद्दा चलाउनको लागि स्विकार गर्छु भन्ने हो । जमानत वा धरौटी रकम बुझाएर थुना मुक्त हूनु भनेको स्थाई मुक्त हुनु होइन। न्यायालयले छानबिन गरि मुद्दाको बिषयमा बहस हुदा र निर्णय सुनाउदा हाजीर हुनुपर्ने सर्तमा धरौटी रकम बुझाएर थुना मुक्त हूने प्रावधान बिश्व भरि नै रहेको छ।

कुनै पनि ब्यक्तीको बिरूद् अपराधको आरोप छ र त्यो आरोपलाई प्रमाणित गर्न छानबिनको लागि समय चाहिन्छ तसर्थ छानबिनको समयमा ब्यक्तीले अपराध गरेको प्रमाणित नहुने समयसम्म थुनेर राख्न नमिल्ने र उसलाई दोषी मान्न नसकिने हुदां सो अबधि सम्म उसलाई बिभिन्न सर्त राखेर थुनाबाट मुक्त गराउनलाई उसलाई प्रदान गरिएको अधिकार नै धरौटीमा रिहा हुनु हो।

प्रतिक्रिया दिनुहोस्