जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकाे आयोजनामा लैङगिक हिंसा निवारण सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८१ जेठ ३० गते १९: २९ मा प्रकाशित

पूजा केसि,अर्घाखाँची।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकाे आयोजनामा लैङगिक हिंसा निवारण सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ।

लिङ्गका आधारमा गरिने विभिन्न हिंसाहरु काे निवारणका लागि गरिएको कार्यक्रम काे उदघाटन गर्दै जिल्ला समन्वय समिति अर्घाखाँची का प्रमुख जिवनारायण काेईरालाले समाजमा,आर्थिक ,सामाजीक,राजनैतिक तथा विभिन्न खालका सास्कृतिक हिंसाहरु अझै कायमै रहेको भन्दै हिंसा न्युनिकरण कम लागि सबै सराेकार वाला पक्षहरु एक भएर लाग्नु पर्ने बताएका छन।

प्र जि अ सुर्य बहादुर खत्रीले समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी प्रशासन काे भएको बताउदै यस्ता खालका कार्यक्रम हरुले हिंसा न्युनीकरण मा कमि भइ शान्ति सुरक्षा मा सहयाेग भएको हुँदा यस्तो प्रकारको कार्यक्रम काे आयोजना गरिएको बताएका छन!कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मी ज्ञावलि ,सन्धिखर्क नगरपालिका उपप्रमुख मीश्रा आचार्य ,जिल्ला प्रहरी कार्यालय का डि एस पि प्रतीत सिंह राठाैर,महासङघ अध्यक्ष अशाेक खनाल लगायतका अतिथि हरुकाे उपस्थित रहेको थियोे।

उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीकाे अध्यक्षता र प्रशासकिय अधिकृत दुर्गा न्याैपानेकाे सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्