सन्धिखर्क नगरपालिका स्वास्थ शाखाको आयोजनामा पुर्णखोप सुनिश्चितता र दिगोपना सम्बन्धि कार्यक्रम सम्पन्न

| २०८१ जेठ ३० गते २०: ०८ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 जेष्ठ ३०- बुधबार स्थानीय स्वामित्व र सहभागी" सन्धिखर्क नगरपालिकाको प्रतिबद्धता हरेक बर्ष पुर्णखोपको सुनिश्चितता भन्ने मुल नाराका साथ पुर्णखोप सुनिश्चितता र दिगोपन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ।

 खोपको क्षेत्रमा सत प्रतिसत आफ्ना इन्डिकेटर पास गरेको स्वास्थ शाखाले खोप बाट बचाउन सकिने रोगहरु र पुर्ण खोप , रोगहरु नियन्त्रण , रोगहरुको उन्मुलन खोप बाट बचाउन सकिने रोगहरु र जटिलता , पुर्ण खोपको औंचित्य , पुर्णखोप सुनिश्चितता र दिगोपनाको रणनीति ,पुर्णखोपको परिभाषा , पुर्ण खोप वडा र पालिका घोषणाका आधारहरु ,सर्बेक्षण प्रतिबेदनको  विशेषण शुस्म योजना तयारी र छुट खोप प्रतिबेदन तथा दिगोपनको लागी प्रतिबद्धता १६ महिना सम्म र ५९ महिना सम्मका बालबालिका हरुको खोप सहितका बिषयमा प्रस्तुतिकरण गरिएको थियो ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख मिश्रा आचार्य , प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल , अर्घाखाँची अस्पतालका नर्सिङ  अधिकृत सुनिता आचार्य वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु १२ वटै वडाका स्वास्थ केन्दका इन्चार्जहरु पत्रकार महासंघका अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।

सन्धिखर्क नगरपालिकाका स्वास्थ शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीको स्वागत तथा  प्रस्तुति कार्यक्रमको संचालन स्वास्थ निरीक्षक प्रकाश परियारको गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्