अर्घाखाँचीमा सामाजिक सुरक्षा भत्ताको लागि तत्काल राष्ट्रिय परिचय पत्र अनिवार्य नहुने

| २०८१ असार ७ गते १६: २८ मा प्रकाशित

केशब पन्थी। अर्घाखाँची जिल्लामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अनिवार्य राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 

पछिल्लो समय सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अनिवार्य राष्ट्रिय परिचय पत्र चाहिने हल्लाको पछि लागेर राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन आउनेको भिड अत्याधिक भएपछी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सूचनानै निकालेर अनिवार्य नभएको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आज एक सूचना जारी गर्दै भनेको छ "नेपालका २८ जिल्लाका केही पालिकामा तत्काललाई राष्ट्रिय परिचयपत्र अनिवार्य भएकोमा अर्घाखाँची जिल्ला तत्काल लागू गर्ने जिल्लामा परेको छैन ।

प्रतिक्रिया दिनुहोस्