अर्घाखाँची काे ग्रिन इङलिस बाेर्डिङ स्कुलमा निशुल्क आँखा परिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

| २०८१ असार ७ गते १६: ५९ मा प्रकाशित

पूजा केसी,सन्धिखर्क ।अर्घाखाँची काे सन्धिखर्क नगरपालिका २ ग्रिन ईङलीस बाेर्डिङ स्कुलमा निशुल्क आँखा परिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयकाे वार्षिक कार्ययोजना अनुसार नेपाल नेत्रज्योति सङघ अर्घाखाँची काे प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी हरुकाे निशुल्क आँखा परिक्षण गरिएको विद्यालयका सहायक सहायक प्र अ नारायणप्रसाद भुसालले जानकारी दिएका छन।

आँखा उपचार केन्द्र अर्घाखाँची का प्रमुख सागर घिमिरेको नेतृत्व मा रहेको स्वास्थ्य कर्मिकाे टाेलिले विद्यार्थी हरुकाे स्वास्थ्य परिक्षण गरेको थियाे करिब एक हजार पचास विद्यार्थी हरुकाे परिक्षण मध्ये १२० जनाकाे दृष्टि मा समस्या देखिएकाे नेपाल नेत्रज्योति सङघ आँखा उपचार केन्द्र अर्घाखाँची का प्रमुखले जनाएको छन।

दृष्टि समस्या भएका विद्यार्थीहरुलाइ आँखा अस्पताल पठाउन आग्रह गर्नुभएको छ यसका साथै कक्षा ८,९ र १० मा अध्य्यनरत विद्यार्थी हरुका लागि २ घन्टै आँखा स्वास्थ्य अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्