शितगंगा ११ मा फेरी गयो पहिरो २ घर बिस्थापित

| २०७८ सावन ३० गते १४: १८ मा प्रकाशित

अराज बेल्बासे,साउन। शितगंगा नगरपालिकाको वडा नम्बर ११ र १२ मा गत बर्ष गाँउनै भासिने गरि पहिरो गयो वडा नम्बर १२ को जोख्लेगैरा र ११ को ढुङगेसेरामा ठुलो पहिरो गएर गाँउनै बिस्तापित हुने अब्स्था आयो । भुगर्वविद आएर पनि बस्न जोखिम भनेर गए पनि सरकारले बसोबासको ब्यवस्था गर्न नसक्दा पिडितहरु पुन जोखिम क्षेत्रमै बसोबास गरेका छन । वडा नम्बर १२ का अधिकांस बिस्तापित भइसकेका छन

अधिकास कपिलबस्तुका बिभिन्न स्थानमा बसेका छन भने ११ नम्बरका समेत धेरै बिस्तापित भएका छन गाँउमै बसेकाहरु लाई बर्खा सँगै चिन्ता बढ्न थालेको छ ।पानी पर्दा रातभर जागाराम बस्ने अबस्था रहेको वडा नम्बर ११ का जिबन बेल्बासेले बताउनु भयो । केहिदिन देखि आएरहेको पानीले वडा नम्बर ११ मा पुन पहिरो जान थाले पछि स्थानियहरु त्रसित बनेका छन । शुक्रबार राति वडा नम्बर ११ ढुङगेसेराका पदम बरालको घरमाथी बाट पुन पहिरो आएर घर जोखिममा परेको स्थानियले जानकारी दिएका छन । माथिबाट आएको पहिरो घरको बलेनी सम्मनै आएको स्थानिय जिबन बेल्बासेले दिएका छन ।

माथीबाट पहिरो आए पछि २ घर जोखिममा परेका छन । जोखिम क्षेत्रमा परेका पदम बराल र उनका दाजु घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भएको शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनु भयो । पहिरो आसपासमा अन्य ब्यतिहरुलाई पनि तत्काललाई स्कुलमा सार्ने तयारी भएको नगर प्रमुख अधिकारीले जानकारी दिनु भयो । पहिरोले जोखिम रहे पनि धनजनको क्षति अहिले सम्म नभएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिनुयभो । प्रहरी विपतका लागि उद्धारको लागि तयारी अबस्थामा रहेको बेल्बासेले बताउनु भयो ।

गत बर्ष गाँउको माथी बाट पहिरो जाँदा १०९ घर बिस्तापित भएका थिए भने २७ घर पुर्णरुपमा क्षति भएको थियो ।
यस्तै गयराती अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं ५ मा पहिरोमा पुरिएर ४३ बर्षका मन बहादुर सुनारको मृत्यु भएको छ । अबिरल बर्षाको कारणले निर्माणाधिन घरको माथिबाट पहिरो आई पुर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्