शितगङ्गा सेवा समाज द्वारा भुसाललाई श्रद्धाञ्जली

| २०७८ असोज ३ गते २२: ५८ मा प्रकाशित

झनक केसी। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ३ ठाडामा घर भई बुटबलमा व्यावसाय गर्दै आएका विभिन्न संघ सस्थामा आवद्ध  समाजसेवि यस सस्थाका सल्लाहकार अर्जुन भुषालका पुज्यनिय पिता एकुलाल भुषाल ७५ बर्षको उमेरमा निधन भएको  आज नवौं दिनको पुण्य तिथिमा निवासमै शोक सभा सम्पन्न भएको छ।

नवौं दिनको शोक सभामा सस्थाका महासचिब सुन्दर आचार्य,सचिब लक्षमण भट्टराई,सहसंयोजक शेषकान्त अधिकारी, सदस्यहरु मानबहादुर सिन्जापति,बिमला आचार्य,बिश्नु न्यौपाने,राम बेल्बासे, लगायतका ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।

महासचिव आचार्यले शोकको यस दु:खद घडीमा मृतक बुवालाई  सम्झदै हाम्रो सस्थालाई अति माया गर्ने अफिस कोठा मेरो घरमा राख्नु पर्छ भन्नू भएको सम्झदै बुवा गुमाउनु पर्दा निकै मर्माहत भएका छौ। बुवाको मृतात्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार,नातागोता,इष्टमित्र तथा साथीभाई सबैमा गहिरो समवेदना प्रकट गर्दै शोकलाइ शक्तिमा बदल्ने साहस मिलोस भनि स्व.बुवा यकुलाल भुषाल प्रति भावपूर्ण श्रद्वान्जली अर्पण गर्दछौँ। सेवा समाजले बुबालाई सदैव सम्झने छ। 

प्रतिक्रिया दिनुहोस्