शितगंगामा कांग्रेशमा गयो पहिरो: एमालेमा प्रवेश गर्नेको जनलहर

| २०७८ असोज ५ गते २१: ०९ मा प्रकाशित

अर्घाखाँची। नेकपा एमाले शितगंगा नगरपालिका वडा न. ११ काे वडा कमिटीको कार्यलय उद्घाटन तथा वडा कमिटीको पुर्ण बैठक सम्पन्न भएकाे छ । वडाकाे विभिन्न ८वटा टाेलहरुमा असाेज २गते देखि अभियानका रुपमा टाेल कमिटीको बैठक तथा भेटघाट कार्यक्रम सम्पन्न गरि आज माैवाबारिमा आयाेजना गरिएकाे पाटिकाे ११न.वडा कमिटीकाे कार्यलय उद्घाटन तथा वडा कमिटी बैठकमा नेपाली काङ्ग्रेस परित्याग गरि खुम बहादुर नेपाली ,गणेश नेपाली ,धन बहादुर नेपाली र मायाँ परियार नेकपा एमाले प्रवेश गर्नु भएकाे छ ।

कार्यक्रम वडा कमिटी ईन्चार्ज क.नारायण प्रसाद आचार्यकाे अध्यक्षयता , पाटि  जिल्ला कमिटी सचिवालय सदस्य तथा शितगंगा ईन्चार्ज क.ओ पि पाण्डेको प्रमुख आतिथ्यता ,जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर कमिटी अध्यक्ष क.बसन्त कुमार श्रेष्ठको बिशिस्ट आतिथ्यता , कपिलवस्तु जिल्ला कमिटी सचिवालय सदस्य तथा बुध्दभुमी नगरपालिका वडा न . ३ का वडा अध्यक्ष क. बिकास आचार्य , राष्ट्रिय युवा सघं नेपाल का केन्द्रीय सदस्य तथा शितगंगा ईन्चार्ज क.केशवराज बेल्वासे , सहित नेकपा एमाले जिल्ला अधिवेशन आयाेजक कमिटी सदस्यहरु क.हिमेन्द्र प्रसाद भुसाल ,गाेपाल खनाल , बम बहादुर सुनार , देवेन्द्र रेस्मी ,बुध्दि बहादुर नेपाली, बिष्णु भण्डारी ,हुम बहादुर सुनार र शितगंगा नगर कमिटी सदस्य तथा १ १न.का वडा सदस्य क. ईन्द्र बहादुर पल्लीकाे आतिथ्यतामा सम्पन्न कार्यक्रम क.हिमेन्द्र प्रसाद भुसालको स्वागत मनतव्य र नवराज भुसाल ले सञ्चालन गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्