शितगंगा सेवा समाज द्धारा प्रहरीलाइ स्वास्थ्य सामाग्री तथा स्टेचर प्रदान

| २०७८ असोज ७ गते १६: ४४ मा प्रकाशित

अराज बेल्बासे। सितगंगा सेवा समाजले  काेराेना महामारीको बेला अग्र पंक्तिमा  खट्न सुरक्षाकर्मी लाई स्वास्थ्य सामाग्री प्रदान गरेकाे छ । स्वास्थ क्षेत्रमा समेत योगदान पुर्याउने उद्धेश्य राखी इलाका प्रहरी कार्यालय ठाडालाइ त्रिपाल , मास्क र सेनिटाइजर  लगायतका सनमाग्री प्रदान गरेकाे हाे । 

नगरले स्वास्थ , शिक्षा र सुरक्षा जस्ता जनताका आधारभूत कुराहरुमा ध्यान पुराओस भन्ने उदेश्यले समेत सामाग्री बितरण गरिएकाे हाे । कार्यक्रममा संस्थाका महासचिव  सुन्दर आचार्य , सचिव  लक्ष्मण भट्टराइ,उपाध्यक्ष  शेषकान्त अधिकारी  लगायतकाे उपस्थितिमा शितगंगा सेवा समाजले  त्रिपाल र भाइरस बाट सुरक्षा प्रदान गर्न सेनिटाइजर ,मास्क लगायतका सामाग्री इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक सन्दिप बेल्बासेलाइ हस्तान्तरण गरिएकाे हाे । यस्तै विभिन्न दुर्घटनामा उद्धार मा समेत समस्या भएकाे गुनासाे प्रहरी बाट आए पछि सस्थाले २ वटा स्टेचर समेत सहयाेग गरेकाे छ । खास गरि सवारी दुर्घटनामा उद्धारमा स्टेचर नहुँदा लामाे समय सम्म उद्बार कार्यमानै असर गरेकाेले सामाजिक उतरदायित्व निभाउदै संस्थाका अध्यक्ष बिष्णु पाैडेलकाे पहलमा स्टेचर समेत प्रदान गरिएकाे हाे । 

यसैगरी यस संस्थाका आर्थिक सल्लाहकार  अर्जुन भुसाल र केन्द्रिय सदस्य  रमेश भुसालको पिताकाे निधन प्रति समबेदना ब्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएकाे संस्थाका महासचिव सुन्दर आचार्यले जानकारी दिनु भयाे ।

प्रतिक्रिया दिनुहोस्