अर्घाखाँचीको सिद्धाराका साल रुख कटान मुद्वामा फरार प्रतिवादी पक्राउ

| २०७८ पौष १३ गते १६: ४४ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँची जिल्लाको साविक सिद्धारा  गा.बि.स. वडा नं.६ हाल सितगंगा नगरपालिका वडा नं. ११ बस्ने ४८ बर्षिय बखानजंग आले "लाई प्रहरीले पक्राउ गरेको छ।  

विना इजाजत साल रुख कटान”  मुद्धामा अर्घाखाँची जिल्ला अदालतको मिति २०६९ सालमा रु.४२,५९२/– जरिवाना भई फरार  रहेका निज बखानजंग आलेलाई विशेष सूचनाको आधारमा निजकै घर ठेगानामा लुकिछिपी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो। 

फरार आलेलाई  नियन्त्रणमा लिई अर्घाखाँची जिल्ला अदालतमा दाखिला गरिएको थियो। अर्घाखाँची जिल्ला अदालतबाट फैसला भएको जरिवाना रकम असुल भएको खबर प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्