शितगंगाका भिम केसी जसले रचे एमालेमा इतिहास

| २०७८ पौष २७ गते २१: ०३ मा प्रकाशित

अराज बेल्बासे ,शितगंगा।नेकपा एमाले अर्घाखाँचीकाे ८ ओै जिल्ला अधिबेसन सम्प्नन भयाे । जसमा पुराना नेता महेस बस्नेत सँगै कान्छाे उमेरमा एमालेबाट वडा अध्यक्ष बनेका पिताम्बर भुसाल अध्यक्षमा निर्वाचित हुनु भयाे उपाध्यक्षमा इश्वरा पाेख्रेल सचिवमा एकता प्रकृया आएका ताेज बहादुर रायमाझी  सचिवमा एकल उमेदवारी परे पछि  दाेस्राे कार्यकालकाे लागि सचिव बन्नु भयाे । उपसचिवमा एकता प्रकृया बाट आएका भिम केसी सबैकाे समर्थनमा  निर्वाचित हुनुभयाे । शम्भु पाेख्रेल पनि उपसचिव  बन्नु भयाे । एकतालाइ प्राथमिकता दिँदै केही अग्रजहरुले त्याग समेत गरे । 

 भर्खर उपसचिवमा निर्वाचित भिम केसी शितगंगाकाे विकट सिद्धाराबाट प्रतिनिधि  बन्नु भएकाे हाे  । याे उपलब्धि भिम केसीकाे मात्र  नभएर एमाले शितगंगाकाे समेत हाे यस क्षेत्रबाट पाटीकाे प्रमुख पधाधिकारीमा निर्वाचित हुन उनी पहिलाे हुन । 

बिस २०५० साल जेठ ३ गते तत्कालिन सचिव प्रदिप ज्ञवाली नवलपरासी गए पछि शितगंगा २ का नेत्र बहादुर क्षेत्री सचिव बन्नु बाहेक पदाधिकारीमा पहिलाेपटक इतिहास रच्न केसी सफल  हुनु भयाे । 

   बिकट क्षेत्रमा बिकासकाे काम गरेर जनताकाे पृय बनेका केसी माओवादीका नेता हुनुहुन्थ्यो  माओबादी र एमाले एकता पछि टाेप बहादुर रायमाझी सँगै एमालेमै रहेका केसीकाे जनता माझ लाेकपृयता छ  । चुनावमा लाेकपृय मत प्राप्त गरि बिजयी भएका केसीले स्थानिय तहकाे निर्वाचनमा तालमेलमा चुनाव लडेका काग्रेस नेता सुर्य प्रसाद अधिकारीलाई अत्याधिक मत वडाबाट दिलाउन सफल हुनु भयाे। जनताकाे सुखदुखमा साथ रहने केसीकाे साथमा वडा नम्बर ९ का जनताले निकै साथ दिने गर्छन । 

न्यून मात्र एमाले रहेकाे वडा नम्बर ९ अहिले एमालेकाे किल्ला भएकाे छ यसकाे देन नेता केसीकै हाे । उनकाे लाेकपृयता सँगै उँहा समर्थित कार्यक्रता केसीकाे लाइनमै रहेका छन । एमालेकाे ८ ओै अधिबेशनबाट यस क्षेत्रका एमाले नेतामा उच्च पदमा पुग्ने उहाँ दाेस्राे ब्यति हाे ।  

एमालकाे भबिश्यकाे  एउटा खम्बा मानिएका केसी युवाहरुकाे प्रतिनिधित्व गर्दै उपसचिव बन्नु भएकाे छ  । पाटीका हरेक कृयाकलापमा शितगंगाकाे सहभागिता गराउने र सबै कार्यक्रताकाे भावना अनुसार पाटी चलाउने पक्षमा रहेकाे केसीकाे भनाइ छ। 

शितगंगा क्षेत्रका एमाले कार्यकर्ता उपसचिव नगरले पाए पछि खुशी छन । अधिबेशनकाे क्रममा उपसचिवमा अन्य नेताकाे उमेदवारी परे पछि शितगंगाका युवाहरु केही समय भिम केसीकाे पक्षमा मतमाग्दै समेत हिडेका थिए ।

शितगंगाका युवाहरु केसीलाइ उपसचिवमा निर्वाचन नगराएकाे भए अन्य सबै पदमा निर्विरोध हुन नदिने अडान राखि केसीलाइ शितगंगाकाे प्रतिनिधित्व गराउदै उपसचिवमा निर्वाचित बनाउन लागि परेका थिए ।

प्रतिक्रिया दिनुहोस्