शितगंगामा कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आलु मिसन सार्बजनिकिकरण परिक्षण कार्यक्रम सम्पन्न

| २०७८ माघ १ गते २३: ५८ मा प्रकाशित

झनक केसि,अर्घाखाँची।शितगंगा नगरपालिका वार्ड न २ सितापुरमा कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आलु मिसन सार्बजनिकिकरण परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  

आ.ब.०७८/०७९ कार्यक्रम अन्तरगत कृषि उत्पादन खाद्य सुरक्षा स्मार्ट कृषि कार्यक्रम,अभियानमुखी मिसन कार्यक्रम आलु खेति श्री शितगङ्गा कृषि तथा पशु बिकाश महिला सहकारी सस्था लिमिटेड सितगङ्गा नगरपालिका २ सितापुरले ज्ञानकेन्द्रको सुचनाको आधारमा आलु मिसनमा छनोट भै सम्झौता गरि ५०% अनुदानमा मिनि टेलर,पलास्टिक तृपाल,स्प्रे,फरुवा तथा आलु उपभोक्ताले अनुदानमा सहजै पाउने भएका छन ।  

सार्बजनिकिकरण कार्यक्रमका अध्यक्ष सहकारिकी बिष्नु अधिकारी, प्रमुख अतिथी,ज्ञानकेन्द्र अर्घाखाँची शाखाका प्रमुख राम मिलन प्रसाद बिस्वकर्मा,बिशिस्ट अतिथी वार्ड अध्यक्ष गोबर्धन थापा,अतिथी कार्यपालिका सदस्य राम बहादुर दर्नाल,अतिथि वार्ड सदस्य निमलाल अधिकारी,अतिथी सचिब ऋषि राम भुषाल,अतिथी अधिकृत बलराम घिमिरे,विभिन्न समुहका प्रमुख प्रतिनिधीको आतिथ्यतामा सस्थाकी  सचिब पुनम पान्डे घिमिरेले कार्यक्रम संचालन गरेकी थिईन.

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी गोबर्धन थापाले अब गाउमा बिभिन्न सुबिधा भित्रिदै छन. यो बर्ष आलु मिसन भित्रीयो यसैलाई निरन्तरता दिने हो भने प्रत्येक बर्ष यो कार्यक्रम हाम्रै वार्डमा पर्ने छ। हामीले कृषिबाटै जनतालाई आत्मनिर्भर बनाउने अभियान ल्याएका छौ।अब कृषिमै क्रान्ति गर्ने हो थापाले बताएका छन।

कार्यक्रममा प्रमुख अतिथी मिलनले तपाइहरुले राम्रो काम गर्दै गएमा ३ बर्ष लगतार यो आलु मिसन कार्यक्रम एउटै सहकारिलाई दिने बताएका छन। यो सरकारको पैसा हो सबै मापदण्ड पूरा भए मात्र मैले भुक्तानी गर्छु नत्र आफै बेहोर्नुपर्छ भन्दै सहकारिलाई सम्झौता अनुसार आलु मिसन सफल बनाउन शुभकामना दिएका छन। 

आलु मिसन १० लाखको योजना भएकोले कृषक समुहलाई मिनि टेलर,५०% अनुदानमा ५ थान उपलब्ध गराउने सस्थाकी अध्यक्ष
अधिकारिले बताइन। जस मध्य जागरण समुह घोरबन्दाले एकथान मुलाबारी समूहले एकथान सगरमाथा निपानेले एकथान तेस्तै जलुके अधेरी  समुहले एकथान र प्रगती टोल कोडाडाले एकथान गरि ५ थान मिनिटेलर बितरण समेत गरेको अध्यक्ष अधिकारिले जानकारी दिइन। यो ५०% अनुदानमा जम्मा रु ३२,५०० मा समुहलाई बितरण गरेको बताइन।

आलु मिसनमा १५ लिटरको स्प्रे १० थान, पिभिसि त्रिपाल ९४ थान  तेस्तै फरुवा ८० थान,आलुको बीउ  ७५ कुन्टल शितगङ्गा कृषि तथा पशु बिकाश महिला सहकारी सस्था लिमिटेड सितगङ्गा नगरपालिका २ सितापुरमा आएको छ। सबै कृषक समूह संघ सस्था फार्मलाई मापदण्ड अनुसार ५०% अनुदानमा बितरण गर्ने सस्थाका सचिब घिमिरेले बताइन।

प्रतिक्रिया दिनुहोस्