ईलाका प्रहरी कार्यालय ठाडाद्वारा अर्घाखाँचीको बाघमुन्टे भिरबाट लडी खोचमा अड्किएका अपरिचित बृद्वलाइ उद्वार

| २०७८ माघ १० गते १८: २५ मा प्रकाशित

शितगंगा।ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले एक अपरिचित बृद्वलाई उद्वार गरि मानव सेवा आश्रम तानसेन पाल्पा पठाएको छ। 

२०७८ साल माघ १० गते सोमबारको दिन जिल्ला अर्घाखाँची शितगंगा नगरपालिका वडा नं- १२ मा रहेको बाघमुन्टे भिरबाट लडी खोचमा अड्किई जोखिमपूर्ण अवस्थामा रहेका अन्दाजी ६० / ६५ बर्षका अपरचित वृद्धलाई ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीका प्रमुख प्रहरी निरिक्षक सन्दिप बेल्वासेको कमाण्डमा खटिएको टोलीले उद्वार गरेको हो। 

अपरिचित बृद्वलाई भिर बाट उद्वार गरि ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीमा  ल्याई सोध पुछ गर्दा नामथर, वतन खुल्न नसकेकोले निजलाई तत्कालको लागी आज मिति २०७८ साल माघ १० गते सोमबार को दिन निलसागर मानव सेवा आश्रम तानसेन पाल्पामा पठाईएको  प्रमुख प्रहरी निरिक्षक सन्दिप बेल्वासेले जानकारी दिएका छन्। साथै उद्वार मा सहयोग गर्ने स्थानिय युवाहरुलाई ईलाका प्रहरी कार्यालय ठाडाले बिषेश धन्यबाद दिएको छ। 

प्रतिक्रिया दिनुहोस्