सितापुरमा सहकारिको चौंथो साधरण सभा सम्पन्न

| २०७८ माघ २६ गते २३: ०० मा प्रकाशित

अर्घाखाँची,झनक केसि। सितगङ्गा नगरपालिका वार्ड न-२ मा श्री शितगङ्गा कृषि तथा पशु बिकाश महिला सहकारी सस्था लिमिटेडले चौंथो बार्षिक साधारण सभा तथा अनुदान बितरण कार्यक्रम सम्पन गरेको छ।

कार्यक्रमको प्रमुख अतिथी सितगङ्गा नगरपालिका नगर प्रमुख सुर्य प्रसाद अधिकारी,बिशिस्ट अतिथि सितगङ्गा नगरपालिका प्रशासकिय अधिकृत झबिन्द्र खनाल,अतिथि सितगङ्गा नगरपालिका वार्ड २ का अध्यक्ष गोबर्धन थापा,अतिथी कार्यपालिका सदस्य राम बहादुर दर्नाल,अतिथि वार्ड सदस्य भान बहादुर क्षेत्री,निमलाल अधिकारी,सरस्वती क्षेत्री,पार्बती बिक,अतिथि कृषि शाखा प्रमुख,अनिल शर्मा,अतिथी पिसिडिसी अर्घाखाँचीका अध्यक्ष हरि खडका,अतिथी हेफर ईन्टरनेन्सल नेपालका कार्यक्रम अधिकृत राधाकृष्ण शर्मा,अतिथी इपिडिसिका परियोजना संयोजक केशब भुषाल,अतिथी इपिडिसिका सिसिबिएफका नेत्र प्रसाद मरासिनी,बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा सस्थाकि अध्यक्षता बिष्नु अधिकारिले गर्नु भएको थियो. 

कार्यक्रममा बार्षिक खर्च विबरण सस्थाकि अध्यक्ष अधिकारिले स्वयम् आफैले पेस गर्नु भएको थियो,लेखा परिक्षण प्रतिबेदन सस्थाकी सदस्य पार्बता पाण्डेले पेस गरेकि थिईन।

कार्यक्रममा कृषकले गरेको उत्पादनमा आधारित आव ७७/७८ अनुसार सितगङ्गा नगरपालिकाले कृषक र किसानलाई  हौसला स्वरुप उत्पादनमा आधारित अनुदान कार्यक्रममा लोकल कुखुरा उत्पादनमा २६९० किलो बिक्री गरे बापत अनुदान सस्थाकी सेयर सदस्य प्रगतिसिल समुह दमारखोलाकी शृजना खनालले (एकलाख बत्तिस हजार चारसय तिरासी रुपैया ) नगद अनुदान प्राप्त गरेकी थिईन,तेस्तै प्रगतिशील समुहकि सारदा घिमिरेले लोकल कुखुरा ७२०  किलो बिक्री गरे बापत (पैतीस हजार चारसय साठिरुपैया ) अनुदान प्राप्त गरेकी थिइन तेस्तै खसिबोका बिक्री गरेबापत मुलाबारिकि पुस्पा झाकृले पाच सय छ्यालिस किलो बराबर ( छब्बिस हजार नौसय चालीस रुपैया) अनुदान प्राप्त गरेकी थिईन,यस नगरपालिकाले खसिबोकामा जिउदो १५० केजि भन्दा माथिका किसानलाई नगद अनुदान प्राप्त गरेका थिए.लोकल कुखुराको हकमा जिउदो  ७५ किलो भन्दा बिक्री गर्नेलाई उत्पादन आधारमा शितगङ्गा नगरपालिकाको सहयोगमा सह्कारी मार्फत सितापुरले ९ लाख अनुदान बितरण गरेको सस्थाकि सचिब पुनम पान्डेले जानकारी दिएकी थिईन। 

सस्थामा हाल सम्म ३३ समूह ६५० जना महिला दिदिबैनिहरुकी संगठित सदस्य हरेको जसमध्य ३१५ जना ब्राह्मण क्षेत्री,२२० जना जनजाती ११५ जना दलित रहेका छन।सस्थाको सेयर पुजि,उपहार कोष,जगेडाकोष,गरि जम्मा पुजि ७३,७३१२२ रुपैया रहेको पान्डेले बताइन.

सस्थाले एकबर्षमा गरेका कृयाकलाप  ५०० ओटा खसिबोका तौलको आधारमा बिक्री गरेको,६६ लाख बराबरको कारोबार भएको बताइन.लोकल कुखुरा तर्फ २१०१ ओटा तौलको आधारमा करिब २७ लाखको कारोबार भएको बताइन।

यसबर्ष मात्रै १९३ जनाले बिना धितो ४३ लाख रिण सहयोग गरेको छ। तेस्तै कृषि बिकाश बैंकको साझेदारिमा १३ जना उधमिहरुलाई ६८ लाख ५० हजार सहुलियतपूर्ण कर्जा बितरण गरेको बताइन । तेस्तै १ रोपनी २ आना क्षेत्रफलजग्गा ६ लाख पचास हजारमा खरिदगरि भवन निर्माणको कार्य सुरुवात गरेको छ। हेफर ईन्टरनेस्नल इपिसिडिसी अर्घाखाँचीको साझेदारीमा सहकारि संकलन केन्द्र संचालन निमार्न गर्न ३ लाख पचास हजार सहयोग प्राप्त गरि कार्यमा थालनी गरेको,कृषि ज्ञानकेन्द्र अर्घाखाँची बाट १० लाखको आलु मिसन कार्यक्रम मार्फत उन्नत जातको आलुको बीउ ७५ कुन्टल ५ थान हाते ट्याक्टर ९४ थान तृपाल,१० थान स्प्रे, ८० थान (कोदालि फरुवा ) २० पोका बिषाधी सेयर सदस्यलाई बितरण गरेको बताइन । सस्थाको लेखा प्रणालीलाई थप ब्यबस्थापन प्रभावकारी बनाउन सफ्टवेयरको थालनी गरेको बताइन । 

कार्यक्रममा नगरपालिकले व्यावसायी रुपमा तरकारी खेती गर्दै आएका कृषकलाई ३ रोपनि भन्दा धेरैमा खेती गर्दै आएको किसानलाई एकरोपनी  बराबर पाच हजारको दरले ६ जनालाई नगद अनुदान बितरण गरेको छ।

कार्यक्रममा वार्ड अध्यक्ष थापाले म आफै किसानको छोरा भएको नाताले वार्डमा  सहकारी गाउगाउमा भकारी बनाउन म सदैब लाग्ने छु । महिलाहरुले बचत गर्न जानेका हुन्छन दालभातमा पैसा खर्च हुदैन थोरैपैसाबाट व्यावसायिक बन्नुस अनुदानको बाताबरण हामिले मिलाउछौ शीर्षक फरक बनाएर रिन नखान अनुरोध गरेका थिए। 

कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख सुर्य प्रसाद अधिकारिले बोल्दै सहकारीले धेरै राम्रा काम गरेका छन । आगामी दिनमा उत्पादनमा जोडिएपछि मात्र हाम्रो नगरपालिका बन्छ। काम गर्नेले अनुदान पाउने बाताबरण हामी मिलाउछौ तपाइहरु काम गर्दै जानुहोस। हामी नगरमा रहे या नरहेपनि हामिले उत्पादनको आधारमा अनुदान कार्यक्रमलाई थप ब्यवस्थापन गर्दै लैजाने छौ। मासुमा आत्म निर्भर छौ। अबका दिनमा बाङुरलाई पनि अनुदान दिने योजना बनाएका छौ ।अब कोल्ड स्टोरपनि बन्दै छन। टमाटरलाई स्टोर गरेर बेसिजनमा निकाल्ने वातावरण पनि बन्दै रहेको वताएका छन ।

प्रतिक्रिया दिनुहोस्