शितगङ्गा ढुंगेसेराका २८ घरपरिवार एमालेमा प्रवेश

| २०७८ माघ २७ गते १९: ३६ मा प्रकाशित

शितगंगा। शितगंगा न. पा. वडा नं. ११ काे ढुङ्गेशेरामा आज नेकपा एमालेकाे कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । आज ढुङ्गेसेराका नेपाली काँग्रेसका सकृय कार्यकर्ता टिकाराम गाहा, रण बहादुर गाहा, सुर्य सुनारिकाे नेतृत्वमा २८ घर परिवार नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा (एमाले)मा प्रवेश गरेको घोषणा गरेका छन । 

नव प्रवेशीहरुलाइ केन्द्रीय सचिब क. टाेप बहादुर रायमाझी, प्रदेस सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरे, जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सचिब ताेज बहादुर रायमाझी, उपसचिब भिम केसि,जिकस ओेपि पान्डे,नगर अध्यक्ष वसन्त  श्रेष्ठ  पूर्व क्षेत्रिय कमिटी अध्यक्ष कासिराम आचार्य,वडा कमिटी अध्यक्ष नवराज भुसाल लगायतका नेताहरूले टीका र मालाले स्वागत गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्