अर्घाखाँचीको शितगंगा नगरपालिकामा धार्मिक अभियानमा जुटे युवाहरु

| २०७८ फागुन ७ गते २१: ०० मा प्रकाशित

अर्घाखाँची, ७ फागुन । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा धार्मिक अभियानमा युवाहरु जुटेका छन् । देशको मुहार फेर्न युवाहरू प्रेरणाका स्रोत भएकाले युवाहरु धार्मिक क्षेत्रमा लागेका हुन । युवाहरु एकजुट भएमा असम्भव भन्ने कुरा केही हुदैँन धार्मिक भेलामा आएका एक युवाले भने । धर्म परिवर्तन गराउँनेलाई खबरदारी गर्न युवाहरु एकजुट भएको बताउँछन् ।

जिल्लाको शितगंगा ठाडामा हिन्दु धर्म रक्षा परिषद् नेपाल अन्तर्गत युवा जागरण स्वयंसेवकको शितगंगा नगरसमिति गठन भएको छ । जसको अध्यक्षमा सुमन्तप्रसाद पौडेल चयन हुनुभएको छ । उपाध्यक्षमा रिषिराम भट्टराई, सचिवमा केदार बेल्वासे, सहसचिवमा माधवप्रसाद बेल्वासे, कोषाध्यक्षमा सिता अधिकारी सहित ४५ सदस्यीय नगरकार्यसमिती बनेको छ ।कार्यक्रमका प्रमुख अतिथी हिन्दुधर्म रक्षा परिषद्का केन्द्रीय अध्यक्ष नारायण खनालले धर्मको रक्षाका लागी सबै एकजुट हुनुपर्ने बताउँनुभयो । 

हिन्दुधर्म रक्षा परिषद्का केन्द्रीय अध्यक्ष नारायण खनाल

 

उहाँले धर्म परिवर्तन गराउँनेहरुलाई खबरदारी गर्न गठित समिती सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । उहाँले अर्घाखाँची जिल्लामा ५ हजार बढी स्वयंमसेवकलाई पशिक्षण दिने तयारी रहेको बताउँनुभयो ।कार्यक्रम नारायणबहादुर खड्काको अध्यक्षता, कृष्ण भुसालको सञ्चालन र आषिश किरण विकको स्वागतमा सम्पन्न भएको हो । अर्घाखाँचीका ६ वटै स्थानिय तहमा युवा जागरण स्वयंसेवकको गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्