नेपाली काङ्ग्रेस अर्घाखाँची का सभापति केसव श्रेष्ठको पहलमा सङ्कलित रकम जनजागृति माबि सिद्धारालाई हस्तान्तरण बार्षिक उत्सव कार्यक्रम सम्पन्न

बार्षिक उत्सव कार्यक्रम सम्पन्न

| २०७८ फागुन २१ गते २०: ०० मा प्रकाशित

एसपी भुसाल,सन्धिखर्क। शितगंगा नगरपालिका वडा नं. १० सिद्धारा स्थित  जनजागृती माध्यमिक विद्यालयको ३७ औं वार्षिकोत्सव कार्यक्रम एक भब्य समारोहबीच सम्पन्न भएको छ । विद्यालय स्थापनाको ३६ वर्ष पुरा भएको अवसरमा विद्यालयले आयोजना गरेको बिषेश  कार्यक्रममा विद्यालयलाई उत्कृष्ट स्थान दिलाउन सफलता प्रदान गर्ने शिक्षक साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान एवं पुरस्कृत गरिएको थियोे  । विद्यालयको आवासीय छात्रावासको बसाई व्यवस्थापन गर्ने हेतुका साथ नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठको पहलमा संकलित रकम २ लाख ४० हजार विद्यालयलाई हस्तान्तरण गरिएको छ । 

कार्यक्रममा शितगंगा नगरपालिकाका नगरप्रमुख एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी ले  अक्षयकोष स्थापनार्थ व्यक्तिगत रुपमा  १ लाख ५० हजार बिधालय लाई  हस्तान्तरण गर्नु भएको थियोे । कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले शितगंगा नगरपालिकाको शिक्षा लगायतका सम्पुर्ण विकासका क्षेत्रहरूलाई सिलसिलेवार ढंगले अगाडी बढाएको जानाकारी दिनुभएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सहसचिव एवं छत्रदेव गाउँपालिका सामाजिक विकास समिति संयोजक/वडा नं. ६ का वडा अध्यक्ष कमल पौडेल, शितगंगा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष हिम्मत पोख्रेल, शितगंगा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष एवं नेपाली काँग्रेसका नगर सभापति मोहन प्रसाद पन्थी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि समेतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालयको समग्र शैक्षिक, आर्थिक अवस्थाका बारेमा विद्यालयका प्रधानाध्यापक रोमाखर बन्जाडेले प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिम बहादुर के.सी. को अध्यक्षता, शिक्षक केशव बेल्वासेको स्वागत मन्तव्य एवं शिक्षक ईश्वरी पोख्रेलको सञ्चालनमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्