प्राथमिक आँखा उपचार केन्द्र ठाडामा ४२ जनाकाे माेतियाबिन्दुकाे अप्रेसन

| २०७८ चैत १६ गते २०: ३५ मा प्रकाशित

प्राथमिक आँखा उपचार केन्द्र ठाडाले आयाेजना गरेकाे आँखा शिबिरमा २४५ जनाले उपचार गराएका छन । आँखा सम्बन्धि विभिन्न समस्या भएकाे बिरामीहरु आँखा शिबमा सहभागी भएका थिए । सहभागी मध्ये ४२ जनाकाे माेतियाबिन्दुकाे सल्याकृया समेत सम्प्नन भएकाे प्रमथमिक आँखा उपचारकेन्द्र ठाडाका प्रमुख किरण ढुंगानाले जानकारी दिनु भयाे । 

नेपाल नेत्र ज्योति संघ, आँखा उपचार केन्द्र ठाडा तथा रण अम्बिका शाह आँखा अस्पताल भैरहवाकाे संयुक्त पहलमा बुधबार न्युनतम शुल्कमा मोतिबिन्दुको आँखा अपरेशन शिविर सञ्चालन भएकाे थियाे शिबिरमा रणअम्बिका शाह आँखा अस्पतालका बिषेसज्ञ अमन गुप्ताले बिरामीकाे सल्याकृया गर्नु भएकाे हाे ।  

सहभागिहरुलाइ डाक्टर गुप्ताले सरिरकाे मुख्य अंग आखाँकाे हेरचाह र सामान्य सावधानी अपनाउदा पनि आखाकाे  आयुलामाे हुने भएकाेले आँखा सम्बन्धी समस्या आएमा तुरुन्त  आँखा चिकित्सक हरुलाइ देखाउन अनुराेध गर्नु भयाे ।

प्रतिक्रिया दिनुहोस्