सितगङ्गा ३ मा ४० घर परिवार विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश

| २०७८ चैत १७ गते १४: ४७ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य शान्ति परियारले स्थानिय चुनाब नजिकिँदै गएकोले चुनाबमा होमिन काङ्ग्रेस नेता कार्यकर्ता हरुलाई आग्रह गर्नु भएको छ । सितगङ्गा नगरपालिका वार्ड नम्बर ३ ले आयोजना गरेको पार्टी प्रबेस तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य परियारले नेपाली काङ्ग्रेस जन्ताको सारथि लोकप्रिय पार्टि भएको ले काङ्ग्रेस प्रति जन्ताको जनलहर बढेको बताउदै उहाले  अर्घाखाँची जिल्लामा काङ्ग्रेस को नेतृत्वमा बिकास निर्माणका कामहरु भएको प्रतिपक्षले ढाट छल र झुटको खेति गरेर जन्तालाई भ्रम छर्ने काम गरेको भन्दै भ्रमको पछि नलाग्न कार्यकर्तालाई निर्देसन दिनु भयो ।  कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला सभापति केसब श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सग जन्ताको बिचमा गएर भोट माग्ने हैसियत समाप्त भएको आरोप  लगाउनु भयो । 

काङ्ग्रेस सितगङ्गा नगरपालिका वार्ड नम्बर ३ ले  गरेको पार्टि प्रबेस कार्यक्रमलाई सम्बोधन  गर्दै नेता श्रेष्ठले राजनीति मा पटकपटक एमाले  ला ई जन्ताले परिक्षण गरेकोले र एमालेले जन्तालाई झुक्काउने गरेको कारण जन्ता सग मत माग्ने हैसियत गुमाएको बताउनु भयो  सभापति श्रेष्ठले एमाले लाई जन्ताले दुईतिहाई मत दिदा समेत सरकार चलाउन नसकेर असफल भएको पार्टिलाई जन्ताले मत दिने आधार गुमाएको जिकिर गर्नु भयो।  कार्यक्रममा नेपाली काङ्ग्रेस का नेता तथा सितगङ्गा नगरपालिका का नगरप्रमुख सुर्य प्रसाद अधिकारी जिल्ला कोषाध्यक्ष बिस्णु क्षेत्री काङ्ग्रेस नेता छबिलाल पौडेल  जिल्ला सदस्य खुमराज घिमिरे बिस्नु पौडेल पुर्व जिल्ला सदस्य माधब पौडेल काङ्ग्रेस  क्षेत्रीय सहसचिव नारायण बन्जाडे नगर सचिब सितगङ्गा नगरसचिब हेमनाथ भुसाल काङ्ग्रेस नेता हिम्मत पोख्रेल  लगाएत बार्ड सभापति  लगाएतका नेताहरुले काङ्ग्रेस पार्टिमा प्रबेस गरेका ४० घर परिवारलाई काङ्ग्रेस पार्टिमा स्वागत गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्