शितगङ्गा नगरपालिका वार्ड न ३ दक्सुपाटामा नेपाली काङ्रेस पार्टी परित्याग गरि ५२ घर एमालेमा प्रबेश

| २०७८ चैत १८ गते २१: २४ मा प्रकाशित

अर्घाखाँचीबुलेटिन संवाददाता।अर्घाखाँची। शितगङ्गा नगरपालिका वार्ड न. ३ दक्सुपाटामा नेपाल कम्युनिष्ट पार्टी एमाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाली काङ्रेस पार्टी परित्याग गरि ५२ घर परिवार एमालेमा प्रबेश गरेका छ्न। 

प्रशिक्षण कार्यक्रमको अध्यक्षता वार्ड कमिटी अध्यक्ष तोयनारायण खनाल,प्रमुख अतिथी केन्द्रीय सचिब टोप बहादुर रायमाझी,बिशिस्ट अतिथी केन्द्रिय सदस्य लिला जिसि,अतिथि जिल्ला कमिटी सदस्य नगर इन्चार्ज ओपि पान्डे,सह-इन्चार्ज गिता भाट,जिल्ला कमिटी सद्स्य तथा नगर अध्यक्ष बसन्त श्रेष्ठ,रास्टिय युवा संघ नेपाल शितगङ्गा अध्यक्ष तिलक अधिकारी,सचिब हरि खनाल,लागायतको आतिथ्यतामा कार्यक्रम सम्पन भएको थियो.स्वागत मन्तब्य नगर कमिटी तथा टोलकमिटी सचिब बिष्नु आलेले गर्नु भएको थियो। कार्यक्रम संचालक हुमन थापाले गर्नु भएको थियो।

सचिब टोप बहादुर रायमाझी

शितगंगा ३ दक्सुपाटा विभिन्न पार्टी परित्याग गरि ५२ घर परिवार एमालेमा प्रवेश गरेका छन् । नेपाली काग्रेसका वडा उपसभापति रेश्मीराज अधिकारी सहित ५२ घर परिवार नेपाली काग्रेस पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । एक महिनामा अर्घाखाँचीमा २७ सय बढि विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेस गरेका छन् । नव प्रवेशी रेश्मीराज अधिकारीले ५ बर्ष अघि वडा र नगरपालीकामा होम्मिएर नेपाली काग्रेसलाई जिताए पनि बिकासमा साविक ७,८ र ९ वडालाई बिकासमा उपेक्षित गरिएका कारण अवको स्थानिय निर्वाचनमा नेकपा एमालेका हाम्रा भन्दा पनि राम्रा उम्मेदवारलाई बिजय गराएर यस क्षेत्रमा बिकासको मुल फुटाउनपनि एमाले पार्टीमा प्रवेश गरेको बताउनु भयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रायमाझिले अब देशको जिम्मा एमालेको काँधमा भएको दाबी गरे । पार्टी बैठकमा गठबन्धन नगरी एमालेसित चुनाव जित्न सकिँदैन भनेर शेरबहादुर देउवाले ब्रिफिङ गरेको कुराले पनि प्रस्ट थाहा हुन्छ, एमालेसँग एक्लै लड्न सरकारको नेतृत्वमा रहेको कांग्रेसले चुनाव नआउँदै हार खाइसकेको उनले बताए । 

कांग्रेसले जितेका अर्घाखाँचीका स्थानीय तहमा कुनै विकासका काम नभएको दाबी गरे । ‘जहाँ एमालेका जनप्रतिनिधि छन्, त्यहाँ विकासका काम धेरै भएका छन्,’ उनले भने, ‘शीतगंगामा एक मिटर बाटो पिच भएको छैन । भूमिकास्थान नगरपालिकामा हेर्नुस् कति धेरै बाटा पीच भएका छन् । मालारानीमा उस्तै विकास भएको छ ।’ 

आफू उर्जामन्त्री भएको बेला विद्युत्‌मा धेरै बजेट पारेको दाबी गरे । गठबन्धनबाट देश समृद्ध बन्ला, विकास होला भन्ने आशा नगर्न कार्यकर्तालाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्