शितागंगागा नगरपालिका द्वारा उत्कृष्ट कृषकलाइ अनुदान वितरण

| २०७८ चैत १९ गते २०: ३५ मा प्रकाशित

नेत्र मरासिनि। जागृति कृषि तथा पशु बिकास महिला सहकारी संस्था लिमिटेड शि न पा १० को आयोजनामा २०७८चैत्र १९ गतेका दिन ४६ जना उत्कृष्ट उधमिहरुलाई रु ४७०४७१/- रुपैया  उत्पादनमा आधारित अनुदान वितरण गरिएको छ । 

सितगङा नगरपालिका अर्घाखाँची द्वारा  आ.ब ०७७/०७८ को  कार्यक्रम अन्तर्गत  कृषि तथा पशु तर्फ को क्षेत्रमा सहकारी मार्फत बैज्ञानिक तरिकाबाट तौल गरि बिक्रि गर्ने कृषक हरुलाई उक्त रकम वितरणबाट गरिएको हो। उक्त कार्यक्रममा  सितगङा नगर प्रमुख सुर्य प्रसाद अधिकारी ले साना किसानहरुको मुहार मा हासो र खुसी  तथा हौसला प्रदान  गर्नका लागि नेपालमै नौलो तरिका बाट उधमी को हात हात मा सहकारी मार्फत नगद प्रदान गरिएको बताउनु भयो ।

 साना किसान हरुलाई माथी नउकासी नगर तथा देसमा समृद्धि नआउने हुनाले हामिहरु जहिले पनि किसान को साथ र सहयोगमा कार्यक्रम सन्चालन गरेको बताउनु भयो । उक्त कार्यक्रम मा सितगङा नगरपालिका १० का वार्ड अध्यक्ष हिम्मत पोख्रेल , कार्यपालिका सदस्य शान्ता अधिकारी , हेफर/ ईपिसिडिसी अर्घाखाँची का परियोजना संयोजक केसब भुसाल , नेत्र मरासिनी , जनजागृती माविका प्राचार्य रोमाखर बन्जाडे लगायत ले शुभकामना मन्तब्य राख्नु भयको थियो । सहकारी का अध्यक्ष सरस्वता पोख्रेल को अध्यक्षता मा भयको कार्यक्रम को सन्चालन ब्यबस्थापक दिपा भुसाल ले गर्नु भएको थियो ।

हाल सम्म नगरपालिका को तर्फबाट आ. ब  ०७५/०७६ देखि आ. ब  ०७७/०७८ सम्म  २१००जना भन्दा धेरै उत्कृष्ट उधमीहरुलाई   रु २ करोड भन्दा बढि रकम  प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्