शितगंगामा गठबन्धनको जीत सुनिस्चित भएको सुर्य अधिकारीको भनाई

| २०७९ बैशाख १४ गते १६: २७ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। नेपाली कांग्रेसका नेता तथा शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले शितगंगा नगरपालिकाकामा गठबन्धनको जीत सुनिस्चत भएको बताएका छन् । 

उनले नगर प्रमुख , नगर उपप्रमुख र  सबै वडामा नेपाली कांग्रेस र गठबन्धनका उम्मेद्वारले जित्ने बताएका छन् । गठबन्धनका उम्मेद्धारलाई जिताएपछि मात्र आफ्नो जिम्मेवारी पुरा हुने बताए । 

आफु नगर प्रमुख भैसकेपछि नेपालकै ठुलो नगरपालिका शितगंगाको विकास निर्माण र नयाँनयाँ योजनाका साथ काम गरेको कारण तथा नेपाली कांग्रेसको संगठन एमालेको भन्दा बलियो भएका कारण पनि नगरपालिकामा नेपाली कांग्रेसको जीत सुनिस्चित रहेको बताए । 

उनले नेपाली कांग्रेस एक्लै निर्बाचनमा जादा पनि नगरपालिका जित्ने शितगंगामा ५ दलिय गठबन्धन भएको बताउदै ५ दलिय गठबन्धनको जीत सुनिस्चित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्