सुपाखोलामा काठमाडौंका लागि छुटेको बसमा ढुङ्गा खस्दा ५ यात्रु सामान्य घाइते: बसका ४ वटा झ्यालका सिसा फुटे

| २०७९ जेठ ११ गते १८: ४० मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँची बाट काठमाडौंका लागि छुटेको बसमा माथि बाट ढुङ्गा खस्दा बस ठुलो दुर्घटना हुन् बाट बचेको छ। 

 सन्धिखर्क बाट काठमाण्डौका लागि साँझ ४ बजे छुटेको लु.१ ख २१४७ नम्बरको जुनेली यात्रु वाहक बस सुपाखोलामा पुग्दा एक्कासि माथिबाट ढुङ्गा खसी बसमा लाग्दा पाँच जना यात्रुहरु सामान्य घाइते भएको खबर प्राप्त भएको छ। 

माथि बाट खसेको ढुङ्गा बसको छतको एक भागमा लागेको प्रत्यक्षदर्शीले बताएका छन भने बसका ४ वटा झ्याल का सिसा फुट्न पुगेको हामीहरु तस्विरमा देख्न सक्छौ।घटना पछि बस केहिबेर सुपाखोलामा रोकिएता पनि अहिले पुन: यात्रु हरु लिएर काठमाण्डौ तर्फ लागेको प्रहरी श्रोतले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्