निर्वाचनमा पराजित भएपनि निर्वाचित वडा सदस्य लिएर जन्ताको घरदैलोमा धन्यवाद दिन पुगे पोख्रेल

| २०७९ जेठ १७ गते २०: १९ मा प्रकाशित

विक्रम आचार्य शितगंगा। अघखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ६ मा गठवन्धनबाट वडा अध्यक्षमा उम्मेद्ववारी दिएका  गोविन्द पोख्रेल आफु र दलित महिला सदस्यको निर्वाचित हुन नसकेपनि आफ्नो टिम बाट निर्वाचित वडा सदस्यको साथमा टोल टोलमा पुगि आफुलाई मतदान गर्ने मतदाता सबैलाई धन्यवाद दिनु भएको छ।

साथै मतदाता भेटघाटमा आफ्ना भनाई राख्दै पोख्रेलले म फिल्डमा गठवन्धनको तर्फवाट वडा अध्यक्षको उम्मेद्धवार भएर आए हजुरहरूले सहयोग गर्नुभयो मतदान गर्नुभयो सबै जना लाई धन्यवाद भन्न चाहान्छु । चुनाब हो बिजय पराजय स्वाभाविक प्रक्रिया हो त्यसमा म विचलित छैन मेरा करिब ८०० मतदातालाई म बाहिर रहेपनि हाम्रा सदस्य मार्फत जन्ताको साथमा रहेर जन्ताको समस्या सामाधानमा सहयोगमा लाग्ने छु निराश हुन दिने छैन भनि प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

भेटघाट कार्यक्रममा निर्वाचित वडा सदस्य सूर्य सारु, कमल ज्ञवाली , कुशुम थापा लगायत माओवादी केन्द्र बाट नगर कमिटी अध्यक्ष मनिराम अधिकारी, नगर उपसचिव भुपाल सारु लगायत स्थानिय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्