लागू औषध (ब्राउन सुगर) सहित सितगंगामा ३ जना पक्राउ

| २०७९ सावन १३ गते १४: ०० मा प्रकाशित

कमला घिमिरे ,सितगंगा।जिल्लाको सितगंगा नगरपालिकामा ३ जना ब्याक्तिहरु लागू औषध (ब्राउन सुगर) सहित पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा  नं. १ बस्ने वर्ष २८ बर्षिय सन्तोष के.सी, २४ बर्षिय खुम बहादुर के.सी. २२ बर्षिय को रोशन श्रेष्ठ रहेका छन्। 

उनीहरुले बुधबार राति सितगंगा नगरपालिका वडा नं. ८ स्थित सातमारा सुपादेउराली मन्दिरमा लागू औषध सेवन गरेका छन भन्ने बिसेष सुचनाको आधारमा  ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँची र अस्थायी प्रहरी चौकी सातमारा अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब ९ बजेर १५ मिनेटको  समयमा लागू औषध सेवन गरीरहेको अवस्थामा पक्राउ परेका हुन। 

निजहरुको शरीर खानतलासी गर्दा लागू औषध ( ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ तौल गर्दा ६० मिली ग्राम र लागू औषध सेवन गर्दा प्रयोग गरिने व्लेटको टुक्रा २ थान, सानो प्लेट १ थान र लाईटर १ थान समेत फेला परेको हुँदा उक्त लागुऔषध बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई साउँन १२ गते लागू औषध मुद्धामा सम्मानित जिल्ला अदालत अर्घाखाँचीबाट दिन ७ (सात ) म्याद थप गरी  थप अनुसन्धान कार्यभई रहेको प्रहरी श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्