सन्धिखर्क नगरपालिका र द रेन्बाे युवा क्लबकाे आयाेजना मा अर्घा दरबार परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

| २०७९ असोज ९ गते १८: १० मा प्रकाशित

बसन्त बि.क ,अर्घा। सन्धिखर्क नगरपालिकाकाे कार्यलय र द रेन्बाे युवा क्लबकाे सन्धिखर्क ९ काे संयुक्त आयाेजनामा अर्घा दरबार परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपालीहरुकाे महान चार्ड विजय दशमी तथा शुभदिपावलीलाई मध्यनजर गर्दै भक्तजनहरु काे आकर्षण बढाउने र मन्दिर तथा देविकाे मुर्तिकाे साैन्दर्य बढाउने उद्देश्यले सन्धिखर्क नगरपालिका ले साे कार्य संचालन गरेकाे हाे ।

अर्घा दरबार परिसरमा सरसफाइ कार्यक्रम

कार्यक्रममा सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमराज भुसाल, ९ नं वार्डका वार्ड अध्यक्ष पदम वहादुर भुसाल, १० नं वार्डका वार्ड अध्यक्ष माेहनसिंह ठकुरि, कार्यपालिका सदस्य सुरज वि.क, वार्ड सदस्यहरू नारायण रायमाझी, विष्णुप्रसाद आचार्य, सिमा परियार,देवी खड्का,शाखा अधिकृत मुक्तिराम खनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य प्रेमनारायण आचार्य, अध्यक्ष अशाेक खनाल, पत्रकार अर्जुन भुसाल, व्यवस्थापन समिति अध्यक्ष सराेज भुसाल, सन्धिखर्क नगरपालिका याेजना शाखा प्रमुख दिलिप के.सि, स्वास्थ्य शाखा प्रमुख पुर्ण पर्साद पराजुली, प्रशासन शाखा प्रमुख बाल वहादुर क्षेत्री, पशु सेवा शाखा प्रमुख नारायण खनाल, ईन्जिनियर हरि बाेहाेरा,द रेन्बाे युवा क्लबका पुर्व अध्यक्ष विष्णु परियार,वर्तमान अध्यक्ष वसन्त वि.क, लगायत सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु,स्थानिय समाजसेवी तथा शिक्षकहरु वल वहादुर रायमाझी , हरि वहादुर गन्धर्व र स्थानिय समाजसेवी बुद्धिजीवी मन्दिर ब्यवस्थापन समितिमा आवद्ध सम्पुर्ण जिम्मेवार व्यक्तित्वहरु,मन्दिरका पुजारि तथा स्थानीय युवहरुकाे उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न भएकाे पत्रकार महासंघ अध्यक्ष अशाेक खनाल ले जानकारी गराउनु भएकाे थियाे ।

अर्घा दरबार परिसरमा सरसफाइ कार्यक्रम

प्रतिक्रिया दिनुहोस्