सितापुरमा सरस्वती मा.बी.ले मनायो ६२ औँ बार्षिक उत्सव (तस्विर सहित)

| २०७९ पौष ५ गते २०: ०० मा प्रकाशित

झनक केसि,अर्घाखाँची। 
 २०७९ पौष ५ - अर्घाखाँची जिल्ला शितगंगा नगरपालीका २ सितापुरमा रहेको सरस्वति माध्यमिक बिध्यालयको ६२औँ वार्षिक उत्सब कार्यक्रम तथा अबिभावक दिवस बिभिन्न सांकृतिक तथा जनचेतना मुलक कार्यक्रम गरी मंगलबार भव्यताका साथ सम्पन्न भएको छ ।

सरस्वति माध्यमिक बिध्यालयको ६२औँ वार्षिक उत्सब 

यसै वाड अध्यक्ष राम बहादुर गोर्खाको प्रमुख आतिथ्यता र बिध्यालय ब्यबस्थापनका अध्यक्ष गोबर्धन थापाको अध्यक्षतामा  कार्यक्रमका सुरु गरिएको थियो विशिष्ट अतिथि कार्यपालिका सदस्य चुरा बहादुर बि.क.अतिथी विभिन्न पार्टिका प्रतिनिधि तथा प्रमुख,सितापुर साविकका आधारभुत बिध्यालयका प्रमुख तथा प्रतिनिधी,भुतपुर्वक गुरुबर्गहरु बिद्यालयमा कार्यरत गुरुहरु तथा गुरुआमाहरु,संघ सस्थाका प्रतिनिधीहरु,शिक्षक अभिभावकका प्रतिनिधीहरु,सामाजिक परिक्षणका प्रतिनिधिहरु,स्थानिय समाजसेवीहरु,बिद्यार्थिहरुको पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन भएको थियो। 

प्रतिनिधि,स्थानिय समाजसेवीहरु,

वार्षिको उत्सब कार्यक्रममा,बिद्यार्थि कलाकारले स्वागत गित गाएर सबैलाई स्वागत गरेका थिए,तेस्तै स्वागत मन्तब्यद्वारा सबैलाई स्वागत सिनियर शिक्षक खडानन्द भुषालले गर्नु भएको थियो,बिचमा विभिन्न कक्षाका बिध्यार्थीहरुको नित्य प्रदर्शन गर्दै बार्षिक उत्सबले रौनक छाएको थियो। 
 

 विभिन्न कक्षाका बिध्यार्थीहरु

विभिन्न पार्टिका बक्ताहरुले सुझाब सल्लाह दिदै स्कुललाई नमुना बनाउने सबैको दाइत्यो रहेको बताएका थिए,बिध्यालयको बार्षिक प्रतिबेदन सहायक प्रअ धर्म राज खनालले पेस गरेका थिए,तेस्तै बिध्यालयलाई अक्षयकोष खडा गरेर बिध्यार्थिलाई थप टेवा पुग्ने र समाजमा पढन चाहने विद्यार्थिलाई सहयोग पुग्ने दाता भुतपुर्व प्रअ राजेन्द्र केसिले बताए,तेस्तै स्कुल सबैको साझा सम्पती हो सबैले आ-आफ्नो ठाउबाट सहयोग गर्न आग्रह गर्दै अभिभावक भेलामा अनिबार्य उपस्थिती भैदिनुहोला भन्दै बिद्यालयका प्रअ खुम प्रसाद बेल्बासेले गुनासो गरेका थिए। तेस्तै हाम्रो बिध्यालयला मेरो कार्यकालमा थप ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाउदै हाम्रो यस वाडमा एउटा मात्रा मावी छ यसलाई राम्रो बनाउने हाम्रो जिम्वेवारी रहेको कार्यक्रमका प्रमुख अतिथी यसैवाडका अध्यक्ष राम बहादुर गोर्खाले बताएका थिए। तेस्तै हाम्ले पडदा धार्नेका स्याउलाले छाएको यो स्कुल समय परिबर्तन संगै अहिले सबैले हेर्नेलाएक बनाउन सफल भएका छौ। शिक्षा जस्तो संबेदनसिल बिध्या मन्दिरमा राजनितिकरण नहोस हामी सबैले मिलेर नमुना बनाउने तिर लाग्नु पर्छ सबैको दाइत्यो रहेको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबर्धन थापाले बताएका थिए। यो बिध्यालयलाई जिल्लाकै नमुना बनाउने जिम्मा हाम्रै रहेको थापाले बताए। कार्यक्रमको संचालक बिनोद पौडलले गरेका थिए। 

 बिध्यार्थिहरुलाई  पुरस्कार बितरण

कार्यक्रममा विभिन्न खेलमा प्रथम भएका बिध्यार्थिहरुलाई पुरस्कार बितरण गरिएको थियो भने यस बर्षका उत्कृष्ट बिध्यार्थिहरुलाई समेत पुरस्कार बितरण गरिएको थियो,स्कुल टपर कक्षा १० छात्रा फुलमाया बि.क.र कक्षा १२ कि बिन्दु अधिकारी रहेको बताउनु भयो। जनचेतना मुलक नित्य प्रस्तुति गरेर ६२औ बार्षिक उत्सब समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्