शितगङ्गाको जलुकेमा जारी भलिवल प्रतियोगिता सम्पन्न :सितापुर च्याम्पियन (तस्विर सहित )

| २०७९ पौष ७ गते १५: १७ मा प्रकाशित

झनक केसि,अर्घाखाँची।
 पौष ७ गते - अर्घाखाँची जिल्ला शितगङ्गा नगरपालिका वाड न ७ जलुकेमा जारी पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। 

शितगङ्गा भित्रका खेलाडी नगरस्तरिय जारि भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।  

जलुकेमा जारी पुरुष भलिबल प्रतियोगिता सम्पन्न

शितगंगा नगरपालिका वडा नम्बर ७ मा भलिबल प्रतियोगिता सुरु शितगंगा नगरपालिका वडा नम्बर ७ को आयोजनामा शितगंगा नगर स्तरिय भलिबल प्रतियोगिता सुरु भएको थियो । वडाको बार्षिक योजना अन्तरगत सुरु भएको प्रतियोगितामा विभिन्न वडाका १२ समुहले सहभागीता जनाएको वडा सचिव प्रदिप महतले जानकारी दिनु भयो ।

नगरस्तरिय जारि भलिवल प्रतियोगिता सम्पन्न 

प्रतियोगितामा शितगंगा २ सितापुरको प्रथम स्थान हात पारेको छ । यस्तै शितगंगा ७ जलुकेको दोस्रो,शितगंगा ६ को तेस्रो र शिनपा ९ सिद्धाराको चौथो हुन सफल भएका छन् ।

द्वितीय हुने समुह 

प्रतियोगितामा पहिलो हुनेले रू ४० हजार ,दोस्रो हुनेले रु-३० हजार ,तेस्रो हुनेले रू-२० हजार र चौथो  हुनेले रू १० हजार पुरस्कारको रासीमा नेपाल सरकारको नियम अनुसार २५% कर्कट्टि गरेर पुरस्कार प्राप्त गरेका छन। 

सितापुर च्याम्पियन 

 तेस्तै उत्कृष्ट खेलाडीमा सितापुरका दिपेन खडकाले हात पारेका छन।

उत्कृष्ट खेलाडी दिपेन खडका

अनुशासन खेलाडिमा अमित गाहाले हात पारेका छन । तेस्तै घैटोफोरमा ४५ जनाको सहभागी रहेको थियो जसमध्य सुब्बा पान्डे च्याम्पियन बनेका छन । पाण्डेले पुरस्कार स्वरुप रु-३००० नगद प्राप्त गरेका छन।

द्वितीय क्याप्टेन 

खेल अबधीभर प्रमुख एम्पाएर नवीन थापाले गरेका थिए भने सहायक एम्पाएर सन्दिप दर्लामिले गरेका थिए तेस्तै कार्यक्रम संचालक तिलक अधिकारिले गरेका थिए। कार्यक्रम सफल बनाउन अहोरात्र खटने सोही वडाका वाड सदस्य टेक बहादुर गाहाले भुमिका बाधनु भएको थियो तेस्तै खेलाडीहरुलाई खान बस्न कमिकम्जोर नहोस भनी रातिको समयमा पनि सबै खेलाडीहरुलाई ब्यबस्थापन गर्ने अशोक आले मगरले जिम्मेवारी निभाएका थिए। 

खेलमा वडा अध्यक्ष देबिराम घिमिरे र वडा नम्बर ६ का वडा अध्यक्ष ऋषि रेस्मीले उद्घाटन र समापन गर्नु भएको थियो। युवाहरुलाई खेलप्रतिको प्रोत्साहन स्वरुप यो खेल आयोजना गरेको कार्यक्रम सफल बनाउन विभिन्न संघ सस्थासबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्