अर्घाखाँचीको सिद्धारामा एक महिला मृ'त अबस्थामा फेला

| २०७९ पौष १७ गते १७: ०० मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीको सिद्धारामा एक महिला मृत अबस्थामा फेला परेकी छन्।

शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

सिद्धाराबाट बहखोरमा बिहान दूध लिन गएकी थापा बहखोर नजिकैको खोल्सीमा मृत भेटिएको रिजालले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्