अर्घाखाँचीमा गहना लुट्ने मनसायले ६० बर्षिया राधा था'पा'को ह'त्या गर्ने भारतिय नागरिक पक्राउ

| २०७९ पौष १८ गते १८: ५७ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँचीमा गहना लुट्ने मनसायले ६० बर्षिया एक महिलाको हत्या भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्धाराकि ६० बर्षिया राधा थापाको गहना लुट्ने मनसायले हत्या भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

हत्याको आरोपमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतिय नागरिक रहेका छन् । प्रहरीका अनुसार भारत घर भई हाल अर्घाखाँची शितगंगा नगरपालिका वडा नंम्बर १० स्थित चोखोरकि एक महिलासंग विवाह गरि बसेका २३ बर्षिय सुशान्त सिंहलाई पक्राउ गरिएको हो ।

सुशान्तको शरिरमा रगत देखिए पछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुनको गर गहना लुट्ने उदेश्यले दूध लिन हिडेकी थापालाइ पछाडिबाट टाउकोमा ढुंगा र हसिया प्रहार गरि हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्