अर्घाखाँचीमा डवल क्यापको ठक्करबाट एक जनाको मृ'त्यु

| २०७९ पौष २८ गते १३: २४ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँचीमा डवल क्यापको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ का ७० बर्षिय ज्ञान बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालीलाई बिहिबार सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड अन्तरगत भेडामारेबाट अमराई तर्फ आउदै गरेको लु ३ च ३३२० नम्बरको डबल क्यापले शितगंगा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा ठक्कर दिएको थियो ।

ठक्करपछि टाउको र घुडामा गहिरो चोट लागि घाईते भएका नेपालीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जाकारी दिए ।

रेग्मीका अनुसार ठक्कर दिने गाडी तथा चलकलाइ नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्