अर्घाखाँचीकाे शितगंगा नगरपालिकामा विपदबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा डेमाे प्रदर्शन

| २०८० बैशाख ३० गते २२: १७ मा प्रकाशित

प्रेमनारायाण आचार्य,अर्घाखाँची।अर्घाखाँचीकाे शितगंगा नगरपालिकामा विपदबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा डेमाे प्रदर्शन गरिएको छ ।

शितगंगा नगरपालिकाकाे ठाडामा रहेको डमरु दहमा बाढी र पहिराेमा परेर फसेका तथा डुबेकाहरूकाे कसरी उद्धार गर्न सकिन्छ, खाेचमा परेकाहरूलाई कसरी निकाल्ने भन्ने विषयमा डेमाे प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले बताउनुभयाे । 

यस्तै ग्यास सिलिन्डर चुहावट हुँदा कसरी बच्ने लगायतका विषयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले डेमाे प्रदर्शन गरेको हाे।

प्रतिक्रिया दिनुहोस्